• राजनीति
  • श्रीलङ्कामा कम्युनिष्ट पार्टीलाई ५३ प्रतिशत भन्दा...

श्रीलङ्कामा कम्युनिष्ट पार्टीलाई ५३ प्रतिशत भन्दा बढी मत, अनुरा कुमारा राष्ट्रपति बन्ने

श्रीलङ्कामा कम्युनिष्ट पार्टीलाई ५३ प्रतिशत भन्दा बढी मत, अनुरा कुमारा राष्ट्रपति बन्ने

आइतवार, आश्विन ६ २०८१
  • पोखरा

    श्रीलङ्कामा हिजो भएको राष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन्। निर्वाचित भएसँगै उनी श्रीलंकाको राष्ट्रपनि पनि बन्ने भएका छन् । 

    सन २०१९ को चुनावमा तीन प्रतिशत मात्र मत ल्याएर तेस्रो भएका अनुराले शनिवार बिहान बिहान ७ बाट दिउँसो ४ बजेसम्मको चुनावमा भने ५३ प्रतिशत मत बढाएर पुर्‍याएका छन्।

    १ करोड ७० लाख योग्य मतदातामा ७५ प्रतिशतले मतदान गरेको भारतीय अखबार टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।


    उनका निकटतम प्रतिस्पर्धी वर्तमान राष्ट्रपति रनिल विक्रमासिङे र अर्का उम्मेदवार साजिथ प्रेमदशाले समान १९ प्रतिशत मत ल्याएका छन्।

    अनुराको आजै शपथ हुने भएको छ । उनको दल जनमुक्ति मोर्चा (जेभेपी) नेतृत्वको गठबन्धन सरकार बन्ने भएको श्रीलंकाका सञ्चारमाध्यमहरुले जनाएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend