• राजनीति
  • प्रचण्ड सचिवालय भन्छ– रवीन्द्रजी यति सस्तो...

प्रचण्ड सचिवालय भन्छ– रवीन्द्रजी यति सस्तो राजनीतिक प्रचारमा नलागेको भए हुन्थ्यो की ?

प्रचण्ड सचिवालय भन्छ– रवीन्द्रजी यति सस्तो राजनीतिक प्रचारमा नलागेको भए हुन्थ्यो की ?

बुधवार, आश्विन ९ २०८१
  • पोखरा, ९ असोज

    पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रबीच भएको भेटपछि मिश्रले सामाजिक सञ्जालमा लेखेका कुराहरुप्रति प्रचण्डको सचिवालयले आपत्ति जनाएको छ । दाहादले ‘पञ्चायकालमा राम्रो काम भएको र महेन्द्र भिजनरी राजा भएको’ भनेको रवीन्द्र मिश्रको दाबीमा सचिवालयले खण्डन गरेको छ ।

    प्रचण्ड र रवीन्द्र मिश्रबीच मंगलबार खुमलटारमा भेटवार्ता भएको थियो । भेटवार्तापछि मिश्रले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै प्रचण्डले निरन्तरताको क्रमभंगता खोजेको दाबी गरेका थिए ।


    प्रचण्ड सचिवालयले भने मिश्र आफैंले राखेको निजी विचारलाई प्रचण्डको विचार भन्दै टिप्पणी गरेको भन्दै खण्डन गरेको छ ।  ‘उहाँका विचार भनेर मिश्रजीले समय सन्दर्भबाट कटाएर आफ्नो राजनीतिक स्वार्थ अनुकूल प्रस्तुत गर्नु राजनीतिक संस्कार होइन’, सचिवालयले विज्ञप्तिमार्फत भनेको छ ।

    सचिवालयले पञ्चायतको निरंकुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र जनताको बर्बादीबारेबारे जनतामा भ्रम नरहेको भन्दै विज्ञप्तिमा भनेको छ, ‘यति सस्तो राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि’ ? 

    उनको पोष्टप्रति समाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि खण्डन गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend