पोखरा-
विगत केही दिन देखि धमिलिएको नेपालको मौसम आईतवारदेखि केह िखुलेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र गण्डकीसहित देशको पहाडी भू(भागमा आंशिक बदली भए पनि बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू(भाग तथा भारतको पश्चिम बंगालआसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
महाशाखाका अनुसार आईतवार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । त्यस्तै कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति भने केही ठाउँबाहेक देशका अधिकांश भूभागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा जनाएको छ ।
यस्तो छ ३ दिनको मौसम पूर्वानुमान
२०८१ असोज २० गते (आइतबार)
दिउँसो ː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति ː देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०८१ असोज २१ गते (सोमबार)
दिउँसो ː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति ː कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र वाग्मती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०८१ असोज २२ गते (मंगलबार)
दिउँसो ː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति ː कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र वाग्मती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
