–राम्जी आचार्य
गफीहरुले चलाउँदै आएको देश हो नेपाल । स्थापना कालदेखि नै शक्ति र डरको सन्तुलनमा बाँच्दै आएको नेपाली समाजले हालसम्म पनि कुनै गतिलो लय समात्नै सकेन । नक्कल र गफमा अति विश्वास गर्ने तर यथार्थमा कहिल्यै खुट्टा नटेक्ने सरकार,सरोकारवाला र नागरिक सबैको गरिब सोँचका कारण समाजको अधोगति निरन्तरता पाइरहेको छ । गाली र तालीमा अब्बल संस्कार सृजना र उदारतामा कहिल्यै परिपक्व हुन जानेन । अहिले नेपालको राजनीति मात्रै होइन, आर्थिक,सामाजिक र सांस्कृतिक पक्षहरुमा समेत निरन्तर विचलन आइरहेको छ । सरकार र नेतालाई गाली गरेर आफुलाई विद्वान र तर्कशिल सम्झिने नयाँ पुस्ता र नयाँलाई नपत्याउने पुरानो पुस्ता सबैलाई लाग्दो हो, नेताले देश बिगारे । वास्तममा देश नबिग्रेको होइन, बिग्रिएकै छ । तर फगत नेताको कारणले होइन । सम्पुर्ण नागरिकको कारण देश र समाजले गतिलो लय समात्न सकेको छैन ।
अहिले सबभन्दा धेरै सामाजिक सञ्जालमा बचाउ गरिएका दुइजना पात्रहरु सतहमा छन् । ललिता निवास, ओम्नी, यती जस्ता विभिन्नखाले सामुहिक भ्रष्टाचारको नेतृत्व गरेको आरोप लागेका र रेल सपना बोकेका बहाल वाला गफी प्रधानमन्त्री खड्कप्रसाद ओली तथा सहकारी ठगीको पृष्ठभुमिबाट जन्मिएका रास्वपा सभापति रवि लामिछाने । अहिले यिनै दुइजना नेताहरुको वचाउमा तिनका कार्यकर्ता त लाग्ने कर्तव्य नै भयो,बाहिरका मान्छेहरु समेत ठिक र बेठिक बहसमा उत्रीएका देखिन्छन् । वास्तममा यि दुवै प्रवृत्ति गलत हुन्, यि दुवैले सत्ता छोड्नुपर्छ । एउटाले देशको सत्ता र एउटाले पार्टीको सत्ता भनेर बहस पेश गर्ने मान्छेहरुको लाइन निकै कम मात्रै छ । यस कारण नेपाली समाज बिग्रनुमा नेताको मात्रै नभएर जनताको पनि उत्तिकै दोष छ, भन्नुमा कुनै अत्युक्ति हुँदैन ।
नेता त समाजले चुनेर पठाएको नेतृत्व मात्रै हो । समाजको प्रतिविम्व नेतामा झल्किनु अस्वभाविक होइन । अतएव नेता उत्पादन गर्ने समाजलाई नै देश बिगार्ने जननी मान्नु पर्ने हुनछ । हाम्रो पहिल्यै देखिको सामन्तवादी संस्कार ज्युँदो छ । शक्ति, पद र सत्ताका विभिन्नखाले लाभका पदहरुमा आफ्नो भरपर्दो मान्छे स्थापित गराउने र उसै मार्फत प्रशस्त लाभ लिने । र जि, हजुरी जस्ता चाकडी वा चाप्लुसी गेरर राजा(केन्द्र देखि स्थानीय तह सम्मका विभिन्न पदीय प्रमुख) लाई खुसी राख्ने । जसका कारण आफ्नो भनेको दुनो सोझिरहोस् । यसरी विकशित भएको हुकुमी संस्कारले समाजमा निकै दरो गरि जरा गाडेर बसेको छ । अनि प्रयाप्त मान, सम्मान र प्रतिष्ठा तथा आर्थिक लाभलाई मनखुशी परिचालन गर्न पाउने भएपछि सत्ता सम्हाल्नेहरु पनि जुनसुकै तिकडदम गरेर कुर्सि वा सत्तामा विराजमान भइरहने जुक्ति निकाल्दै आए । जसका लागि उनीहरुले हत्या र अपराधको प्रशस्त उपयोग गर्दै आइरहे । यहाँका राजा र रजौटाहरुले आफन्त र आफ्नै भाइ भारदारहरुलाई मारेर सत्ता खोस्नुलाई सामान्य मान्यो समाजले । डर अथवा विवशता जे भए पनि नेपाली राजनीतिको शुरुआत अपराधबाट भएर अपराधमै सिमित छ । यसमा व्यक्ति विशेषको दोष भन्दा पनि आम समाजको सोंच र शैलीले मलजल गर्दै आएको छ ।
हालसम्म राजा,राणा,राजा र कांग्रेस, एमालेहरुको कब्जामा छ देश । लोकतन्त्र र प्रजातन्त्रका नाममा एकाध नयाँ राजनैतिक पार्टीहरु सरकारमा गएका उदाहरणहरु भए पनि सम्पुर्ण सत्ता सञ्चालन गर्न उनीहरु असफल रहे वा गर्न दिइएन । यहाँको कर्मचारीतन्त्र,पुलीस र प्रशासन वा विभिन्न सरकारी अड्डा अदालतहरु सबै पहिला राजाप्रति बफादार हुन्थे, अहिले कांग्रेस एमाले प्रति बफादार रहँदै आएका छन् । देश र समाजको चिन्ता भन्दा पनि उनीहरुको चाहनामा ठेस नलाग्ने गरि काम गरिन्छ । सेटिङ राजनीति र दैनिक प्रशासनको कार्यभार यसरी पङ्गु हुँदा पनि मान्छेहरुले उनीहरुलाई नै रोज्नु पर्ने विवशता छ, कारण माथी नै भनि सकियो हाम्रो समाजिक सोंच वा संस्कार । समाजको प्रतिविम्व माात्रै हो राजा,राजनैतिक दल वा अमुक नेता । यसरी उपयुक्त समयमा बिद्रोह गर्न नजान्ने र उपयुक्त समयमा खवरदारी गर्न नजान्ने राजनैतिक दल, तिनका नेता कार्यकर्ता र सम्पुर्ण समाजलाई पनि गाली गर्नुपर्ने हुन्छ । यद्यपी अझैसम्म पनि मान्छेहरुले आफु र आफ्नोलाई बचाउन मात्रै तर्क र प्रमाणहरु पेश गर्ने तथा बिरोधी तह लगाउने सामाग्रीहरु जम्मा गर्ने ध्याउन्नमै छन् ।
अहिले सबभन्दा धेरै सामाजिक सञ्जालमा बचाउ गरिएका दुइजना पात्रहरु सतहमा छन् । ललिता निवास, ओम्नी, यती जस्ता विभिन्नखाले सामुहिक भ्रष्टाचारको नेतृत्व गरेको आरोप लागेका र रेल सपना बोकेका बहाल वाला गफी प्रधानमन्त्री खड्कप्रसाद ओली तथा सहकारी ठगीको पृष्ठभुमिबाट जन्मिएका रास्वपा सभापति रवि लामिछाने । अहिले यिनै दुइजना नेताहरुको वचाउमा तिनका कार्यकर्ता त लाग्ने कर्तव्य नै भयो । बाहिरका मान्छेहरु समेत ठिक र बेठिक बहसमा उत्रीएका देखिन्छन् । वास्तममा यि दुवै प्रवृत्ति गलत हुन्, यि दुवैले सत्ता छोड्नुपर्छ । एउटाले देशको सत्ता र एउटाले पार्टीको सत्ता भनेर बहस पेश गर्ने मान्छेहरुको लाइन निकै कम मात्रै छ । यस कारण नेपाली समाज बिग्रनुमा नेताको मात्रै नभएर जनताको पनि उत्तिकै दोष छ, भन्नुमा कुनै अत्युक्ति हुँदैन ।
देशमा क्रियाशिल राजनैतिक दल, विकासे कार्यकर्ता र सम्पुर्ण सरोकारवाला निती निर्माण तह देखि कार्यान्वयन हुने निकाय सम्म मात्रै होइन आम सर्वसाधारण र व्यक्तिहरुको विचमा विकास र सम्बृद्धिका नाममा तातो वहस गर्माएको छ । सबैका मुखमा एकछत्र राज गरेको सम्बृद्धि शब्दलाई व्यवहारमा देखाउनलाई अहिलेकै सामाजिक वस्तु स्थिति प्रयाप्त छैन । नेपालमा सम्बृद्धि सम्भव छैन भनिकन प्वाक्कै भन्दा मानछेहरुलाई अप्रिय लाग्न सक्छ । तर अहिलेको धरातलिय यथार्थतालाई आधार मान्दा नेपालमा साँच्चिकै विकास र सम्बृद्धि सम्भव छैन ।
निश्चय पनि सुखी सपना देख्नु, योजना बनाउनु र कार्यान्वयनको पहल गर्नु जस्ता सकरात्मक पाटाहरुलाई अतिरञ्जित वा व्यंग्य गर्न खोज्नु राम्रो होइन । तथापी प्रयाप्त पुर्वाधार, कठिन संघर्ष र निरन्तरको तत्परताले मात्रै प्राप्त हुने सम्बृद्धिलाई मान्छेहरु भाषण र तालिमा सिमित बनाइरहेको स्थितिमा त्यसलाई ठट्टाको उपमा दिनु अश्वभाविक पटक्कै होइन ।
देशको कूल ग्राहस्थ उत्पादन, निरन्तरको व्यापार घाटा र आर्थिक वृद्धि दरको ग्राफलाई हेरौं । महङ्गी, मान्छेहरुको क्रय शक्ति आदिलाई नियालौं । रेमिट्यान्स, संचित पुँजी तथा पुँजी पलायनका घटनाक्रमहरुको फेहरिस्त अध्ययन गरौं । देशमा सञ्चालित साना,मझौला र ठुला कलकारखाना, उद्योग तथा व्यापार व्यवसाय÷उद्योगी व्यवसायिको मर्म र अनुभव सुनौं । चर्को परिश्रम गर्दा न्युन आय पारिश्रमिक प्राप्त गर्ने श्रमिकको परिवारमा कसरी दैनिकी धानिएको छ बुझौं । सिमित मात्रामा उत्पादन हुने कृषि अनाज तथा वस्तुहरुले उपयुक्त बजार पाउन नसकेका उदाहरणहरुलाई केलाउँ । यि यावत कुराहरुलाई मनन् गर्दै जाँदा जो कोही पनि घोत्लिनै पर्ने हुन्छ । के नेपालमा विकास र सम्बृद्धि सम्भव छ ? भनेर । अर्थशास्त्रिय दृष्टिकोणमा निर्वाहमुखि सिमित उपाय अपनाएर जेनतेन गर्जो टार्ने प्रयत्न गर्दैछन मान्छेहरु । परम्परागत यो शैलिको निरन्तरता धेरै समय टिक्दैन । विकल्पहरु त्यती सहज भैसकेका पनि छैनन् । अहिलेको नेपाली समाजमा अर्थशास्त्रिय परिवेशको जीवनचक्र यसै पृष्ठभुमिमा घुमिरहेको छ ।
यस सँगै जोडिएर आउने सामाजिक अन्तरसम्बन्धको घटनाक्रम झनै टिठ लाग्ने खालका छन् । ‘सुन काण्डका अभियुक्त पक्राउ । अपराधिहरु सँग प्रहरी अधिकृतको साँठगाँठ । भुटानी शरणार्थी काण्डमा बहालवाला मन्त्री नै संलग्न । उच्च ओहोदाका कर्मचारीहरु सुन तस्करीमा संलग्न । मनपरी गर्ने राजनितिक कार्यकर्ताको बचाउमा मन्त्री । आर्थिक प्रशासन सम्हाल्ने प्रमुखले गरे भष्टचार । भष्टचार गर्ने आर्थिक प्रशासन प्रमुखलाई अदालतले छुट दियो । ’ आदि जस्ता हेडलाइनहरुको ताँती नेपाली सञ्चार माध्यम र पत्रपत्रीकाहरुमा दैनिक सुन्न र पढ्न पाईन्छ । सुन्दा सुन्दै अवाक लाग्ने यि र यस्ता प्रकृतिका अपराधका दर्जनौ घटनाक्रमहरु हाम्रो समाजमा दिनहुँ घटिरहन्छन् । भलै कतिपय जानकारिमा आउँछन् भने कतिपय गुपचुप रहन्छन त्यती मात्रै हो । समाजको पहिचानलाई प्रतिविम्वित गर्ने यस्ता घटनाक्रमहरु सुखद र सकरात्मक छैनन् । तथापी हाम्रो वास्तविकता यसैको नेरोफेरोमा घुम्दै–घुम्दै आइरहेको छ ।
मान्छेहरुले गर्ने व्यवहार र सोच्ने क्षमताका आधारमा कुनै पनि समाजको स्तर वा पहिचान कायम हुन्छ । दैनिकी र प्रचलनहरुको नियमित अभ्यासबाट सिर्जित नियमहरुलाई धेरै–थोरै मात्रामा समाजका मान्छेहरु अवलम्बन गर्ने गर्छन् । समाजले सामुहिक रुपमा अवलम्बन गर्ने यस्ता नियम वा मान्यताहरु नै त्रुटिपुर्ण छन् भने तिनले सकरात्मक परिणम निकाल्न सक्दैनन् । यसो भन्दै गर्दा नेपाली समाजमाा उत्पत्ति भएका सम्पुर्ण सामाजिक मान्यताहरु त्रुटिपुर्ण छन भन्ने निष्कर्ष भने निकालिएको होइन । पछिल्लो समय प्रचलित कतिपय नक्कल र बनिबनाउ दृष्टिकोणहरुले जवरजस्त संस्कारको ठाऊँ ओगट्न खोज्दा तिनले बेथिती र अव्यवस्था निम्त्याइरहेका छन् भन्न खोजिएको हो ।
हाल नेपाली समाजमा नियम विपरित जसरी पनि धन आर्जन गर्न सक्नेलाई औधि सम्मान हुन्छ । सार्वजनिक पद र शक्ति हत्याउन सक्ने मान्छेको देवत्वकरण गर्ने र उसलाई जे गर्न पनि छुट हुने मान्यता छ । विवाह, भोज भतेर र अन्य सामाजिक संस्कार सम्पन्न गर्दा अधिक खर्च गर्न सक्नेले वाहवाही पाउँछ । मुनाफा हेर्ने भन्दा पनि इज्जतिलो काम र अनुत्पादक पदलाई सामाजिक सम्मान हुन्छ । तल्लो र माथिल्लो ओहदामा काम गर्ने कामदारहरुको पक्षपाती रुपमा स्तरीकरण गरि साना ओहदामा काम गर्ने कामदारहरुलाई असम्मान गर्नलाई विभिन्न शब्दवाणिहरुको प्रयोग गरिन्छ । ‘सानालाई ऐन, ठुलालाई चैन’ भन्ने उखानलाई वास्तविकतामै चरितार्थ गर्ने प्रचलन धेरै छ । यि र यस्ता यावत नेपाली संस्कारहरु छन् । जसले समाजमा स्थिरता आउन नदिनको लागि भूमिका खेल्दै आइरहेका छन् । अथवा अव्यवसथालाई वचाई राख्न मद्दत पु¥याउँदै आइरहेका छन् ।
प्रधानमन्त्री भन्छन् । नेपालमा रेल कुदाउँछु । भान्सामा सिधै ग्याँस पाइप जोड्छु । समुद्रमा जहाज चलाउँछु । पाँच वर्षमा देशलाई संसारकै धनी मध्येको बनाउँछु आदि–आदि । ठट्टै सही देशका कार्यकारीले आफ्नो देश संसारकै गरिब हुन्छ । अनियमितता र अव्यवस्था बढेर जान्छ भन्न मिल्दैन । यस कारण देशका कार्यकारीले सम्बृद्धिको सपना बाँड्नु अनौठो होइन । तर वर्तमानकै सामाजिक जगमा सम्बृद्धि प्राप्त हुन्छ भन्नु चाँही सपना मात्र नभएर महासपना हुन सक्छ । अहिलेलाई रेल,बाटो,भवन वा चिल्ला गाडी जस्ता भौतिक सम्पन्नताका सूचक मात्र सम्बृद्धिका लक्ष्य होइनन् । साधारण मान्छेलाई दुई छाक खान पुगोस् । आम्दानीको दायरा बढोस् । सोच्ने शैली र आत्म सन्तुष्टि लिन पाउने उपयुक्त वातावरणको सृजना होस् । समानता र स्वतन्त्रताको प्रत्याभुती हरेक नागरिकले गर्न पाओस् । यसरी एक–एक खुड्किलो पार गर्दै सम्बृद्धि यात्रामा अगाडी बढ्दै जान सक्दा रेल यात्रामै सिमित होइन कि ! रकेट यात्रा सहितको सम्बृद्ध समाजको गन्तब्य हाँसिल हुन सक्नेछ भनि अनुमान लगाउन गल्ती हुने हुँदैन । तर राजधानी लगायतका सहरहरुमा ब्रगेल्ती हिलाम्मे र धुलाम्मे सडकहरुको दुर्दशा एकातिर छ । महङ्गी,भष्टचार, अनियमितता,असमानता र सामाजिक विकृतीहरुको चाङ अर्कोतिर छ । यस्तोमा मोनोरेल र पानी जहाजको गफ धेरै नै भद्दा हुन्छन् । गफी निती निर्माता र ताली बजाउने ग्रास रुट दुवै गैरजिम्मेवार लाग्छन् । सम्बृद्धि हाँसिल नहुने होइन, हुन्छ । तर योजनाबद्ध र क्रमिक रुपमा । अहिलेलाई यत्ति भनौ नेपाली समाजमा सम्बृद्धी र विकासको बहस प्रारम्भ हुनै सकेको छैन । फगत गफ र आश्वासन सम्बृद्धि प्राप्तिका लक्षण हुँदै होइनन् ।