• समाचार
  • समीर आचार्य र अन्नु चौधरीको स्वरमा...

समीर आचार्य र अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’

समीर आचार्य र अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’

भुइँ पाटी
आइतवार, मंसिर १६ २०८१
  • काठमाडौँ, १६ मङ्सिर

    गायक समीर आचार्य र गायिका अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’ गीत सार्वजनिक भएको छ । शनिबार रिलिज गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो । गायक आचार्यकै शब्द रहेको गीतमा केशव बडुको संगीत उत्पादन छ । यसमा नेपाली र थारू भाषाको मिश्रण छ । भिडियोमा पनि थारू समुदायको रहन सहन र कला संस्कृतिलाई समेत झल्काउन खोजिएको छ । चक्र बम, उषा उप्रेती र सृजन खरेल भिडियोमा फिचर्ड छन् ।

    जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशनमा भिडियो बनेको हो । यसमा नवराज उप्रेतीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend