• समाचार
  • प्रेस सेण्टर कास्कीको छैटौँ अधिवेशन २७...

प्रेस सेण्टर कास्कीको छैटौँ अधिवेशन २७ पुसमा

प्रेस सेण्टर कास्कीको छैटौँ अधिवेशन २७ पुसमा

भुइँ पाटी
बिहिवार, पौष १८ २०८१

  • २०८१ पुस १८
    पोखरा - प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको छैटौँ अधिवेशन यही पुस २७ गते पोखरामा सम्पन्न हुने भएको छ ।
    प्रेस सेन्टर कास्कीको हिजो बसेको कार्यसमिति बैठकले अधिवेशन मिति तोकेको हो । सो अधिवेशनले आगामी तीन वर्षका लागि सेन्टरको नयाँ नेतृत्व चयन गर्नेछ ।
    जिल्ला अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा बसेको बैठकले आसन्न अधिवेशन भव्य रुपमा सम्पन्न गर्ने गरी विभिन्न उपसमितिहरु समेत गठन गरी जिम्मेवारी तोकेको छ । प्रेस सेन्टरको केन्द्रीय महाधिवेशन स्थापना दिवसका अवसर पारेर माघ १५ गतेलाई तय गरिएकोले त्यसअघि शाखा, जिल्ला र प्रदेश अधिवेशनहरु सम्पन्न हुने बताइएको छ ।
    कास्कीको अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष दवाडीको संयोजकत्वमा कार्यसमितिका पदाधिकारी र सदस्यहरु रहेको मूल व्यवस्थापन समिति गठन गरिएको छ ।
    यसैगरी उपाध्यक्ष दीननाथ बरालको संयोजकत्वमा सदस्यता नविकरण तथा अभिलेखिकरण उप समिति गठन गरिएको छ । यस उपसमितिमा सहसचिव सुरेशराज अधिकारी र कविता घर्तिमगर सदस्य रहनुभएको छ । उपाध्यक्ष शोभा बरालको संयोजकत्वमा सदस्यहरु सबिना राना र सन्तोष परियार रहेको अतिथि सत्कार उपसमिति गठन गरिएको छ ।
    सचिव पुष्प दाहालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । यस उपसमितिको सदस्यहरुमा वलराम तिमिल्सिना र अर्जुन हितान रहनुभएको छ ।
    कोषाध्यक्ष श्रीभद्र पौडेलको संयोजकत्वमा आर्थिक ब्यवस्थापन उपसमिति गठन गरिएको छ । उक्त समितिमा  शिवराज बस्ताकोटी, सरोज अधिकारी, रवि दाहाल र खगेन्द्र अर्याल सदस्य रहनुभएको छ ।
    यसैगरी केन्द्रीय सचिव माधव पनेरुको संयोेजकत्वमा अधिवेशन निर्देशक उपसमिति गठन गरिएको छ । निर्देशक उपसमितिमा राजेन्द्र अधिकारी, अमृतराज उपाध्याय र विभु भुसाल सदस्य रहनुभएको छ ।
    यसैगरी केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज सन्देश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय सदस्यहरु दीपक परियार, राधिका कँडेल, रामप्रसाद तिमिल्सिना र सञ्जय मल्ल, प्रदेशका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे, सचिव विनुकुमारी थापा र कोषाध्यक्ष विश्वराज सुवेदी रहेको अनुगमन समिति गठन गरिएको छ ।
    बैठकले अधिवेशन सम्पन्न गर्नका लागि अग्रज पत्रकार विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गोमा घिमिरे र अधिवक्ता गोविन्द पौडेल रहेको तीन सदस्सीय निर्वाचन समिति गठन गरेको छ ।
    बैठकका अवसरमा नेपाल पत्रकार महासंघको निर्वाचनमा कास्की जिल्ला कार्यसमितिमा निर्वाचिन पुष्प दाहाल र कविता घर्तिमगर, प्रदेश परिषद्मा निर्वाचित घनश्याम पाण्डे र शिवराज बस्ताकोटी तथा केन्द्रीय परिषद् सदस्यमा निर्वाचित दीननाथ बराललाई बधाई ज्ञापन गरिएको थियो । सो बैठकमा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज रामजी प्रसाद बरालले प्रेस सेन्टर नेपालले जनताका मुद्धा र जनताका समस्याहरु सञ्चार माध्यममा उठाउनुपर्नेमा जोड दिनु भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend