• विश्व
  • अमेरिकाको लस एन्जलिस स्थित जंगलमा लागेको...

अमेरिकाको लस एन्जलिस स्थित जंगलमा लागेको आगो तीव्र गतिमा फैलिँदै

अमेरिकाको लस एन्जलिस स्थित जंगलमा लागेको आगो तीव्र गतिमा फैलिँदै

भुइँ पाटी
बुधवार, पौष २४ २०८१
  •  

    २०८१ पुस २४

    लस एन्जलिस । अमेरिकाको लस एन्जलिसको जंगलमा लागेको आगो तीव्र गतिमा फैलिरहेको छ । २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ ।

    दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३० हजार मानिसलाई सुरक्षित स्थमाकम निकाल्न निर्देशन दिइएको बताएका छन् । यस वनको आगलागीबाट १३ हजार भवन जोखिममा छन् ।

    केही भिडियो फुटेजले प्यासिफिक पालिसेड क्षेत्रका घरहरू नजिकका क्षेत्रहरूबाट बाक्लो धुवाँ निस्किरहेको देखाउँछ। यहाँ बसोबास गर्ने मानिसहरू आफ्नो घर र सवारीसाधन छोडेर भागेको देखिन्छ ।

    क्यालिफोर्नियामा लाखौँ मानिसहरूका लागि चेतावनी जारी गरिएको छ। आगो अझै फैलिने खतरा छ । -एजेन्सी

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend