१० माघ पर्वत : जिल्ला स्थित कु.न.पा. चुवा निवासी विजय सापकोटा अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष बन्ने तयारीमा छन् । हालसम्म अध्यक्ष पदमा परेका प्रत्यासी उम्मेदवार मध्ये सापकोटाको व्यक्तित्व क्रान्तिकारीलाई उपयुक्त हुने संगठन निकटका विद्यार्थीहरुको भनाई छ । यस्तै पार्टी अध्यक्ष प्रचण्डले पनि सापकोटाको जोश जाँगर र उत्साहले क्रान्तिकारी विद्यार्थी संगठनमा थप उर्जा थप्ने विश्वास व्यक्त गरेका छन् । “विजय कमरेडको व्यक्तित्व खेर जान नदिन पार्टी पंक्तिमा अध्यक्ष प्रचण्डले पटक–पटक आग्रह गर्नु भएको छ ।” क्रान्तिकारी निकट एक विद्यार्थी नेताले बताए ।
त्यस्तै सहमतीका लागि भएका विभिन्न छलफल र प्रयासहरुमा पनि सापकोटाकै बारेमा चर्चा भएको माओबादी निकट नेताहरु बताउँछन् । हालसम्मका गतिविधिहरुले सहमती वा निर्वाचन जे भए पनि सापकोटाको माहोल बलशाली देखिएको चर्चा प्रदेश देखि केन्द्रसम्मै चलेको छ ।

अखिल क्रान्तिकारी पर्वतको अध्यक्ष हुँदै केन्द्रिय उपमहासचिव भइसकेका सापकोटा जिल्ला र केन्द्रमा लोकप्रीय विद्यार्थी नेताका रुपमा चिनिन्छन् । आत्मविश्वास र उर्जाकासाथ संगठनका गतिविधिमा भिज्दै आएका पर्वते युवा संगठन हाँक्नका लागि ढुक्कै जस्ता देखिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले भनेका छन् “युवा विद्यार्थीको चाहना र हित दुवैको रक्षा हुन्छ” त्यस्तै हालसम्मको माहोल हेर्दा तपाइँहरुको संगठनमा सहमति नभएर चुनावै हुन्छ जस्तो देखियो, चुनाव जितिन्छ कि नाइँ ? भनि सोधिएको प्रश्नमा “अखिल क्रान्तिकारीलाई अखिल क्रान्तिकारी जस्तो बनाउने विजय सापकोटाको चाहना सम्पुर्ण विद्यार्थी साथीहरुले पनि नजिकबाट बुझ्नु भएको छ, यसकारण म चुनाव जित्नेमा ढुक्कै छु ।” उनले भने । यस्तै सम्मेलनका लागि पोखरामा केन्द्रित भएका विद्यार्थी प्रतिनिधि र नेताहरुले पनि सापकोटाको ओझ र व्यक्तित्व क्रान्तिकारीका लागि निर्विकल्प जस्तै रहेको बताए ।
