• आर्थिक
  • सन्तोष पाण्डेको  अध्यक्षतामा कोरियन भाषा संघ...

सन्तोष पाण्डेको  अध्यक्षतामा कोरियन भाषा संघ नेपालको पहिलो राष्ट्रिय भेला

सन्तोष पाण्डेको  अध्यक्षतामा कोरियन भाषा संघ नेपालको पहिलो राष्ट्रिय भेला

आइतवार, माघ १३ २०८१
  • पोखरा 

    नेपालमा कोरियन भाषा सिकाउने संस्थाहरु संगठित भएका छन् । पोखरामा दुई दिनसम्म प्रथम  राष्ट्रिय भेला गरेर उनिहरु संगठित भएका हुन । भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

    समितिको उपाध्यक्षमा जगन्नाथ न्यौपाने, नारायण थापा (निसान्त), सपराज राइ, सचिवमा योजेन्द्र  वाग्ले, सह सचिव हरि कँडेल, उदयराम जैसी, रुद्र फुँयाल रहेका छन भने  कोषाध्यक्षमा टंक प्रसाद चयन भएका छन् । 

    यसैगरी  सदस्यमा जयराम आचार्य, यामप्रसाद पाण्डे (आशिष),जीवन कुमारी राई, सुशील प्रसाद कुसवाहा र प्रकाश नेपाली रहेको निर्वाचन मण्डलका  संयोजक रामचन्द्र लामिछानेले  जानकारी दिएका छन्  ।  

    5fc5bb46-6875-49f9-9c56-67e58b849fb6.jpeg

    कोरियन भाषा प्रशिक्षण गराउने संस्थाको क्षमता बिकास गर्ने,  हकहितको संरक्षण  गर्ने  तथा कोरियन भाषा प्रशिक्षणलाई व्यवस्थित बनाउने उद्देश्यले नयाँ कार्यसमिति चयन गरिएको नवनिर्वाचित उपाध्यक्ष नारायण थापा (निसान्त)ले बताए । अध्यक्षमा चयन भएपछि पाण्डेले  सबैलाई समेटेर संस्थालाई अगाडि बढाउने बताए । आफ्नो ध्यान सबैको  अपनत्व हुने संघको बिकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले सबैको सल्लाह र सुझाव अनुसार चल्ने बताए ।

    72a7d84e-51ed-4b5e-8c78-ca19d3df488f.jpeg
    undefined

    आयोजक संस्था कोरियन भाषा संघ नेपालका अनुसार नेपालमा २ सय भन्दा बढी कोरियन भाषा प्रशिक्षण केन्द संचालित रहेको  नवनिर्वाचित अध्यक्षले जानकारी दिए। 

    राष्ट्रिय भेलाको उद्वघाटन विश्व भाषा क्याम्पस कोरियन भाषा विभाग प्रमुख थानेश्वर बन्जाडेले गरेका थिए । सो अवसरमा उनले  कोरियन भाषा प्रशिक्षण केन्द्रले पुर्‍याएको योगदानको प्रसंसा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend