लागुऔषध सहित दुई पक्राउ

लागुऔषध सहित दुई पक्राउ

बुधवार, माघ १६ २०८१
  • हेटौडा, १६ माघ । प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ स्याउली बजारस्थित धरान–चतरा सडकखण्डमा लागुऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार साँझ ५ बजेको समयमा प्रहरी चौकी ठुलोदमार मकवानपुरबाट खटिएको टोलीले नियमित चेकजाँचको क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जाकारी दिएको छ।

    पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–५, श्रीपुर निवासी २० वर्षीय अमिर थिङ र सोही मोटरसाइकल पछाडी सवार गर्ने कर्मचुली निवासी २० वर्षीय सन्देश राई रहेका छन्। बागमती प्रदेश ०३–००२ प १५८९ नम्बरको मोटरसाइकलमा हेटौंडाबाट फापरबारीतर्फ गइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई शंका लागी जाँच गर्दा लुकाएर राखिएको ३५० वटा ट्रामाडोल ट्याब्लेट फेला परेको हो ।

    लागुऔषधसहित पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालत हेटौंडाबाट सात दिनको म्याद थप अनुमतिसहित अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend