अखिल क्रान्तिकारिको केन्द्रीय अध्यक्षमा पर्वतका सापकोटा

अखिल क्रान्तिकारिको केन्द्रीय अध्यक्षमा पर्वतका सापकोटा

भुइँ पाटी
बिहिवार, माघ १७ २०८१

  • १७ माघ,पर्वत । अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा पर्वतका विजयप्रकाश सापकोटा विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा सापकोटा ७१ मतको अग्रतासहित विजयी भएको निर्वाचन समितिले जनाएको छ । 
    सापकोटाले ६८६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत पाए । सापकोटा र राईबिचको मतान्तर ७१ रहेको छ । तेस्रोमा उपदेश यादवले ३१० मत पाए भने सुदिन पौडेलले जम्मा १९२ मत प्राप्त गरे ।
    ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि माघ १२ गते निर्वाचन भएको थियो ।
    ९ प्रदेशमध्ये ७ प्रदेशको मतगणना यसअघि नै भएको थियो । असोज १० देखि १५ गतेसम्म भएको क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा ३२ वर्ष उमेरहद लगाउने कि नलगाउने विषयमा विवादका कारण रोकिएको निर्वाचन चार महिनापछि सम्पन्न भएको छ । पुस १३ मा भएको उमेरहद खुला पक्षधर पराजित भएपछि ३२ वर्ष मुनिबाट आगामी २ वर्षका लागि संगठनको नेतृत्व हाँक्ने जिम्मेवारी सापकोटाको काँधमा आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend