जन्मदिनको अवसरमा बृद्धाश्रममा सहयोग

जन्मदिनको अवसरमा बृद्धाश्रममा सहयोग

शनिवार, माघ १९ २०८१
  • १९ माघ, पोखरा

    आफ्नो जन्मदिनको अवसरमा फजुल खर्च गर्नेहरुरु समाजमा धेरै देखिन्छन् । केक काट्ने, खाने रमाउने प्रचलन प्राय पाईन्छ । तर जन्मदिन फरक ढंगले मनाउनेहरु पनि समाजमा यावत रुपमा पाईन्छन् । आफ्नो जन्मदिनमा बृक्षारोपण गर्ने लगायतका सिर्जनशील कामहरु पनि हुँदै आएका छन् । 

    यस्तै जन्मदिनको छेको पारेर एक परिवारले बृद्धाश्रमका आश्रितहरुलाई सहयोग गरेको छ । माघको कठ्याँग्रिदो जाडोको महसुस गरेर असाहायलाई सहयोग गर्ने परिवार हो, केशबहादुर लोहनी विश्वकर्माको । पोखरा १३ बाँझापाटन निवासी विश्वकर्मा आफ्नो क्षेत्रमा समाजसेवीको रुपमा परिचित छन् । समाजमा आउने देखापर्ने समस्या र बाधा अड्चन फुकाउन उनी सदा तत्पर रहने गरेको उनलाई चिन्नेजान्नेहरु बताउँछन् । 

    binita 1.jpg
    undefined

    हालै उनले आफनी नातिनी विनिता लोहनी विश्वकर्माको जन्मदिनको अवसरमा पोखरा १४ मा रहेको वात्सायन बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण गर्नुका साथै पोषिलो खाना खुवाउन सिकाए । उनले आफुजस्तै नातिनीलाई पनि समाजसेवामा डिंड्न बाटो देखाएका छन् । 

    केशबहादुर विश्व हिन्दु महासंघका आजीवन सदस्य हुन् । महासंघ मार्फत उनी हिन्दु धर्मको संरक्षण र प्रचार प्रसारमा व्यस्त छन् । उनी आफ्नै वडामा रहेको भद्रकाली मन्दिर संरक्षण समितिको पनि पनि आजीवन सदस्य हुन् । पोखराको भद्रकाली मन्दिर पोखरामा रहेका अन्य शक्तिपीठ जस्तै प्रसिद्ध मानिन्छ । 

    उनले आफुजस्तै नातिनीलाई पनि समाजसेवामा लाग्न प्रेरित गरेका छन् । मानव भएर जन्मेपछि समाज र सँस्थाको लागि सकेजति सहयोग गर्नुपर्ने उनको धारणा छ । ‘आफ्नो लागी त, सबैले गर्छन, केही फरक गर्ने हो भने, समाज र सँस्थाका लागि गर्नुपर्छ ।’ उनी भन्छन् । 

    binita 3.jpg
    undefined

    नातिनी विनिता पनि हजुरबुवाको समाजप्रतिको समर्पणबाट प्रभावित छिन् । हजुरवुवाकै प्रेरणाबाट उनले आफ्नो जन्मदिनमा तामझामको सट्टा सिर्जनशिल काम गरेर जन्मदिन मनाउने निर्णय गरिन् । सोही निर्णयका कारण उनले वात्सायन वृद्धाश्रमका आश्रितहरुलाई न्यानो कपडा वितरण गरिन्, अनि खाना खुवाईन् । ‘मलाई हजुरवुवाको प्रेरणाले यस किसिमको सेवा गर्ने अवसर मिलेको हो, उहाँको हौसला कारण मलाई पनि समाजसेवामा सक्रिय हुन मन जागेको छ ।’ उनले भनिन् । 

    हिन्दु दर्शनले नै आफ्नो कमाईको दशांस (१० प्रतिशत) दान गर्नु भनेको भन्दै केशबहादुर भन्छन्, ‘दान गर्दा आउने आनन्द अन्य आनन्द भन्दा फरक हुन्छ ।’ नातिनी विनिता पनि वृद्धाश्रममा दान गरेपछि आश्रितहरुको मुहारमा फैलिएको खुशी देख्दा आफुलाई स्वर्गीय अनुभुति भएको बताउँछिन् । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend