काठमाण्डौ, १९ माघ । जागरण मिडिया सेन्टरको शनिबार काठमाण्डौमा सम्पन्न अधिवेशनले सार्वजनिक सन्चारमाध्यम र सञ्चार संस्थाहरुमा हुने राजनीतिक नियुक्तिमा अनिवार्य दलित पत्रकारको व्यवस्था गर्नुपर्ने सहितको ३ बुँदे अपिल पत्र जारी गरेको छ । संस्थाका अध्यक्ष कमला बिश्वकर्माको अध्यक्षतामा जारी अपिलपत्रमा दलितद्वारा संचालित सञ्चारमाध्यमलाई कर छुटको व्यवस्था र उच्च शिक्षा अध्ययन गर्न चाहने दलित पत्रकारलाई पूर्ण छात्रवृत्ति र तालिमको ज्ञारेण्टि गर्नुपर्ने घोषणा जारी गरेको हो । सेन्टरका सल्लाहकार तथा संविधानसभा सदस्य विनोद पहाडी र सेन्टरका निवर्तमान महासचिब भिम घिमिरेले अपिल पत्र जारी हुनु रचनात्मक कार्य भएको बताउनु भयो ।
