९ फागुन, पर्वत : भारतको ओडिशा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको खोजबिन गरि दोषिमाथी कारवाहिका लागि कुटनितिक पहल गर्न अखिल क्रान्तीकारीले माग गरेको छ । । उक्त अन्यायपुर्ण घटनाको विषयलाई लिएर विद्यार्थी संगठनहरूले केही दिनदेखि देशभर प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
यसैविच अखिल क्रान्तिकारी पर्वतले प्रकृतिलाई श्रद्धान्जलि अर्पण गर्दै दीप प्रज्वलन कार्यक्रम सम्पन्न्न गरेको छ ।अखिल (क्रान्तिकारी) पर्वत जिल्ला समितिले लोकतान्त्रिक चोक, कुस्मा बजारमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरी प्रकृति लम्सालप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। सो कार्यक्रममा विद्यार्थी नेता, विभिन्न संघ-संगठनका प्रतिनिधिहरू तथा सर्वसाधारणको सहभागिता रहेको थियो। कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला समिति पर्वतका अध्यक्ष सन्तोष चापागाईंले ले प्रकृति लम्सालको मृत्यु रहस्यमय भएको बताउँदै नेपाल सरकारलाई भारतीय पक्षसँग उच्चस्तरीय छानबिनका लागि दवाव दिन दिन आग्रह गरेका थिए ।
