पोखरा,
पोखराको एक विद्यालयको जग्गामा व्यक्तिले मनोमानी गरेको पाईएको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित राम आभारभुत विद्यालयको जग्गामा पोखराकै व्यापारी रमेश कर्माचार्य र अञ्जु कर्माचार्यले मनोमानी गरेको विद्यालय प्रशासनले गुनासो गरेको छ ।
विद्यालयका प्रधानाध्यापक तिर्थराज न्यौपानेले विद्यालयको नाममा रहेको जग्गा कर्माचार्य परिवारले मिचेको गुनासो गरेका छन् । विद्यालयको जग्गामा पोखरा महानगरले निर्माण गरेको व्यायामशालामा आउने सेवाग्राहीलाई कर्माचार्यले उल्टै धम्क्याउने गरेको आरोप पनि विद्यालयको छ
।
‘यहाँ फोहोर भयो भनेर व्यायामशालामा आउने व्यक्तिहरुलाई थर्काएको पाईयो ।’ न्यौपापनेले भने ।
उक्त जग्गामा अहिले कर्माचार्य परिवारले ढलानको काम गरिरहेको छ । उक्त काम रोक्न विद्यालय प्रशासनले आग्रह गर्दा पनि निर्माण पक्षले काम रोकेको छैन । काम नरोकेपछि विद्यालयले अञ्जु कर्माचार्यको नाममा पत्र फागुन ५ गते पत्र नै लेखेको थियो । तर काम नरोकिएको न्यौपानेको भनाई छ ।

न्यौपानेले पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ राखेर नै पत्र लेखेका थिए । ‘तर उनीहरुले के गर्न सक्छस् गर भन्दै डर धम्की देखाए ।’ न्यौपानेले भने । उनीहरुले विद्यालयको नाममा रहेका कित्ता नं. ४१५७ को २–७–३–३ क्ष्ँेत्रफलको विद्यालयको जग्गामा ढलान गरेका हुन ।
