२०८३, कार्तिक ५गते

Oct 21 2026

Logo
Logo
images
  • सम्पादकीय
  • समाचार
  • भुइँ कथा
  • ज्ञानगंगा
  • प्रवास
  • साहित्य संसार
  • विचार दृष्टिकोण
  • मनोरञ्जन
  • विश्व
  • ग्यालरी
  • विविध
  • भिडीयो ग्यालरी
    • २०८३, कार्तिक ५ गते
    • समाचार
    • हिमपातले...

    हिमपातले विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित

    हिमपातले विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित

    भुइँ पाटी
    सोमवार, फाल्गुण १९ २०८१
  • 419
    Share
  • हिमपातले विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित
    Number: 1 Word Count: 79
     

    ढोरपाटन (बागलुङ), १९ फागुनः बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी परेका छन् । एउटै विद्यालयका ५० बढी विद्यार्थी बिरामी पर्दा पठनपाठन प्रभावित भएको हो । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित ज्योति विकास माध्यमिक विद्यालय र सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी परेका हुन् । ज्योति विकास माध्यमिक विद्यालयका १८३ जना विद्यार्थीमध्ये करिब १०० विद्यार्थी मात्रै पढ्न आएको प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिनुभयो । विद्यालय आएका विद्यार्थीहरु पनि ज्वरो र रुघाखोकीबाट ग्रसित बनेको उहाँको भनाइ छ । बिहीबार रातिदेखि नै ढोरपाटनमा हिउँ परेको थियो । विद्यालयमा बालबालिकालाई न्यायो बनाउने कुनै पनि सामग्री नहुँदा चिसो सिरेटाका कारण विद्यार्थी बिरामी परेको प्रधानाध्यापक अदैले सुनाउनुभयो । बालबालिका बिरामी हुन थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने स्थिति आउन सक्ने उहाँको भनाइ छ । चिसोका कारण गत पुस २० गतेदेखि बन्द भएको विद्यालय माघ २० गतेदेखि सञ्चालनमा आएको अदैले जानकारी दिनुभयो । “गर्मी बढ्ने बेला हिउँ प¥यो, धेरै विद्यार्थी बिरामी परेर पठनपाठन प्रभावित बनेको छ, दुई दिन हिउँ प¥यो, चिसो सिरेटो चल्ने गर्छ, माथिल्लो डाँडामा अझै बाक्लो हिउँ छ,” अदैले भन्नुभयो, “विद्यालयमा बालबालिकाको उपस्थिति कम हुँदै गएको छ, चिसोका बेला विद्यार्थीलाई न्यायो बनाउने सामग्री हुन्थ्यो भने पठनपाठन गर्न सहज हुन्थ्यो, चिसो ठाउँमा सिमेन्टका भवन छन्, त्यसले झन् चिसो हुन्छ ।” उहाँले कोठा चिसो हुँदा मैदानमै बसेर पढाउने गरेको भन्दै दिनभर चिसो सिरेटो चल्दा पठनपाठन गर्न समस्या भएको सुनाउनुभयो । कक्षाकोठामा हिटरको व्यवस्थापन गर्न सके सहज हुने अदैको भनाइ छ । ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले पूर्वधार निर्माणबाहेक अरू केही नगरेको बताउनुभयो । चिसो ठाउँमा बालबालिकालाई सुरक्षित साथ पठनपाठन गराउन न्यानो प्रदान गर्ने सामग्रीहरु उपलब्ध गराउन आवश्यक रहेको उहाँको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस
    भर्खरै थप
    • प्रवासमा गुञ्जियो मनमल्लिका !
    • वरण
    • चारधाममा चौध दिन
    • जापान सरकारको नयाँ नियम, भिसा नविकरण प्रकृया कडिकडाउ गरिने !
    • थाकखोला र थकाली खाना सम्बन्धि गीत सार्वजनिक
    • मोहरेको काँधमा
    लोकप्रीय
    सम्बन्धित बिषय
  • जापान सरकारको नयाँ नियम, भिसा नविकरण प्रकृया कडिकडाउ गरिने  !

    जापान सरकारको नयाँ नियम, भिसा नविकरण प्रकृया कडिकडाउ गरिने !

  • ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक

    ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक

  • म्युजिक नेपालले ल्यायो ३२.१ ‘डल्बी एट्मस’ स्टुडियो, अब हलिउडकै गुणस्तर नेपालमा

    म्युजिक नेपालले ल्यायो ३२.१ ‘डल्बी एट्मस’ स्टुडियो, अब हलिउडकै गुणस्तर नेपालमा

  • शिवरात्रीमा रिलिज हुने ‘शिवांश’को टिजर सार्वजनिक

    शिवरात्रीमा रिलिज हुने ‘शिवांश’को टिजर सार्वजनिक

  • खोज्नुहोस

    Logo
    • गृहपृष्ठ
    • सम्पादकीय
    • समाचार
    • भुइँ कथा
    • ज्ञानगंगा
    • प्रवास
    • साहित्य संसार
    • विचार दृष्टिकोण
    • मनोरञ्जन
    • विश्व
    • ग्यालरी
    • विविध
    • भिडीयो ग्यालरी
    English
    सम्पर्क

    भुइँ सञ्चार मिडिया प्रा.लि.
    कार्यालयः पोखरा महानगरपालिका ११ फुलवारी, कास्की
    कर्पोरेट कार्यालयः नागार्जुन नगरपालिका १ काठमाडौं
    सम्पर्क नं. : ९८४२२७३१६४/९७६७७१०५७४
    सुचना बिभाग दर्ता नं: २३५३/०७७–७८
    प्रेस काउन्सिल सूचिकरण :१७३१ –०७५/०७६
    विज्ञापन वोर्ड सूचीकरणः ०२१०/०७९/८०/०१
    इमेल: bhuinpati@gmail.com

    हाम्रो टिम

    संचालक/सम्पादक: राम्जी आचार्य

    व्यवस्थापक : संकेत आचार्य 

    हाम्रो बारेमा

    भुइँपाटी डटकम तल्लो तह अर्थात“ग्रासरुट” मूलक डिजिटल पत्रिका हो । विक्रम सम्वत २०७६ साल देखि यस पत्रिकाले आफ्नो यात्रालाई अविच्छिन्न राख्दै आएको छ ।   

     

     

     

                        प्रवास 

                               सम्पर्क कार्यालय       ः नागोया सिटी, मिनातोकु आइचि जापान
                               ह्वाट्सएप सम्पर्क नं.  : +८१७०९०८५७८३९

    • सामाजिक संजालमा
    • फेसबुक ट्वीटर युट्युब इन्स्टाग्राम

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend