पोखरा – आउँदै गरेको चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस कमिटीले तयारी पुरा गरेको छ । त्यसका लागि उसले संगठन दर्ता प्रक्रिया सम्पन्न गरेको छ। संगठन दर्ता कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय उपमहासचिव भगवान बास्तोला, गण्डकी प्रदेश मुख्य सचिव सुजन बास्तोला, गण्डकी प्रदेश उपाध्यक्ष बसन्त भट्टचन, केन्द्रीय सचिवालय सदस्य शरण विश्वकर्मा, केन्द्रीय सदस्य अर्जुन बराम लगायतका नेताहरूको उपस्थिति थियो। संगठन दर्ता प्रक्रियामा अखिल (क्रान्तिकारी) पीएनसीले नाराबाजी गर्दै क्याम्पस परिक्रमा गरेको थियो, जसमा ठूलो संख्यामा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। विद्यार्थीहरूले अखिल (क्रान्तिकारी) प्रति विश्वास व्यक्त गर्दै संगठनलाई नै विद्यार्थीको वास्तविक हितका लागि लड्ने सशक्त शक्ति भएको जिकिर गरेका छन्। अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस कमिटीले विद्यार्थी अधिकार, गुणस्तरीय शिक्षा, शैक्षिक सुधार, र सशक्त विद्यार्थी नेतृत्व निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेको छ।
