• समाचार
  • "शिक्षामा आमूल रूपान्तरणका लागि अखिल (क्रान्तिकारी)...

"शिक्षामा आमूल रूपान्तरणका लागि अखिल (क्रान्तिकारी) को विद्यार्थीहरूलाई आह्वान"

"शिक्षामा आमूल रूपान्तरणका लागि अखिल (क्रान्तिकारी) को विद्यार्थीहरूलाई आह्वान"

भुइँ पाटी
बुधवार, फाल्गुण २१ २०८१
  •  

    पोखरा— अखिल (क्रान्तिकारी) ले स्ववियु चुनावलाई शैक्षिक परिवर्तनको अभियानका रूपमा अघि बढाउने घोषणा गरेको छ। विद्यार्थी नेता तथा अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष बिजय प्रकाश शर्मा सापकोटा  ले विद्यार्थी आन्दोलनले सधैं प्रतिपक्षी भूमिका निभाउनुपर्ने भन्दै अन्यायको विरुद्धमा दृढ अडान लिनुपर्ने बताएका छन्।

    उनले भने, "राजनीति कुनै पेसा होइन, यो मानव सेवा र समाज रूपान्तरणको महाअभियान हो। हामी अन्याय देख्दैनौं, न अन्याय सहन्छौं। विद्यार्थी आन्दोलन प्रतिपक्षी आन्दोलन हो, मण्डलेको राजनीति हामीलाई स्वीकार्य छैन।"

    सापकोटाले हालको शिक्षण प्रणालीमा रहेको असमानता हटाउनुपर्नेमा जोड दिँदै भने, "शिक्षा प्रणालीमा आमूल परिवर्तन नगरी देशको समृद्धि सम्भव छैन। काठमाडौंको प्रतिष्ठित विद्यालय र विकट गाउँका विद्यालयबीचको गुणस्तरीय अन्तर हटाइनुपर्छ।"

    विद्यार्थीहरूका लागि विदेश पलायन मुख्य समस्या बनेको उल्लेख गर्दै उनले भने, "हाम्रो सपना भनेको १२ कक्षा सकेर विद्यार्थीहरू विदेश पलायन हुने बाध्यताको अन्त्य गर्नु हो। हामी चाहन्छौं कि विद्यार्थीहरू आफ्नै देशमा अध्ययन गरेर यहींको विकासमा योगदान दिन सकून्।"

    उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन अखिल (क्रान्तिकारी) लाई जिताउनुपर्ने आवश्यकता औंल्याउँदै भने, "शैक्षिक पुनःसंरचनाका लागि अब ढिला भइसक्यो। न हामी हार्न सक्छौं, न हराउन सक्छौं। हामीले जित्नैपर्छ।"

    स्ववियु चुनाव नजिकिँदै गर्दा विद्यार्थी संगठनहरू आ-आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्। अखिल (क्रान्तिकारी) ले यसपटक शैक्षिक सुधारलाई प्रमुख एजेन्डा बनाएको छ। सापकोटाले सम्पूर्ण विद्यार्थीहरूलाई यो अभियानमा साथ दिन आग्रह गरेका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend