२०८३, कार्तिक ३गते

Oct 19 2026

Logo
Logo
images
  • सम्पादकीय
  • समाचार
  • भुइँ कथा
  • ज्ञानगंगा
  • प्रवास
  • साहित्य संसार
  • विचार दृष्टिकोण
  • मनोरञ्जन
  • विश्व
  • ग्यालरी
  • विविध
  • भिडीयो ग्यालरी
    • २०८३, कार्तिक ३ गते
    • विश्व
    • युनको महाभियोगको फैसलापछिको ‘द्वन्द्व रोक्न’ सियोलमा...

    युनको महाभियोगको फैसलापछिको ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थामा कडाइ

    युनको महाभियोगको फैसलापछिको ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थामा कडाइ

    भुइँ पाटी
    सोमवार, फाल्गुण २६ २०८१
  • 327
    Share
  • युनको महाभियोगको फैसलापछिको ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थामा कडाइ
     

    सियोल, २६ फागुन

    युनको महाभियोगको फैसलापछिको सम्भावित ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थालाई कडा पारिएको सियोल प्रहरीले जनाएको छ । दक्षिण कोरियाका प्रहरी प्रमुखले देशको निलम्बित राष्ट्रपतिविरुद्ध महाभियोगलाई सदर गर्ने वा नगर्ने भन्ने विषयमा अदालतले फैसला गरेपछि हुनसक्ने अशान्ति रोक्नका लागि ‘सबै उपलब्ध उपाय’ लाई अबलम्बन गर्न दक्षिण कोरियाली प्रहरी तयार रहेको बताउनुभएको छ । संवैधानिक अदालतले राष्ट्रपति युन सुक येओलले सैनिक शासनको घोषणा गरेको भन्दै महाभियोग लगाउने विषयमा यसै महिना आफ्नो निर्णय सुनाउने अपेक्षा गरिएको छ। यूनको नागरिक शासनको अल्पकालिक निलम्बनले प्रजातान्त्रिक दक्षिण कोरियालाई राजनीतिक उथलपुथलमा धकेलेको र उहाँलाई जनवरीमा भएको विद्रोहका लागि हिरासतमा लिइएको थियो । यद्यपि, प्रक्रियागत आधारमा उहाँलाई गत साताको अन्त्यमा रिहा गरिएको थियो। सोलको एक न्यायाधीशले युनको हिरासत अवधि बढाएपछि निलम्बित राष्ट्रपतिका समर्थकहरूले सियोलको एक जिल्ला अदालतको ढोका र झ्यालहरू तोडेका छन् र अधिकारीहरूले आसन्न फैसलालाई लिएर हिंसात्मक हुने चेतावनी दिएका छन्। सियोल महानगरीय प्रहरी निकायका कार्यवाहक प्रमुख पार्क ह्युन सोले भन्नुभयो, “संवैधानिक अदालत र त्यस वरपर हुने झडपलाई रोक्नुपर्छ।” “हामीले संवैधानिक अदालतको १०० मिटरभित्रको क्षेत्रलाई विरोधमुक्त क्षेत्र घोषणा गर्ने र ब्यारिकेडलगायत सबै उपलब्ध उपकरणपरिचालन गर्ने योजना बनाएका छौँ,” पार्कले पत्रकार सम्मेलनमा भन्नुभयो । उहाँले भन्नुभयो, “हामीले महाभियोगको विषयमा विरोधी समूहबीच द्वन्द्व हुन नदिन र संवैधानिक अदालतका न्यायाधीशको रक्षाका लागि काम गर्नैपर्छ ।” प्रहरीले अश्रुग्यास छोड्ने र लाठीको प्रयोगसम्बन्धी थप प्रशिक्षण आफ्ना जवानहरूलाई दिइरहेको बताउँदै पार्कले बमको धम्कीको जवाफ दिन प्रहरी विशेष बल परिचालन गर्नेबारे पनि विचार गरिरहेको बताउनुभयो । पार्कका अनुसार फैसलाको दिन नजिकका विद्यालयहरू बन्द गर्नेबारे सम्बन्धित निकायसँग विचारविमर्श भइरहेको र नजिकैका निर्माण स्थलहरू र पेट्रोल पम्पहरू बन्द गर्ने तयारी गरिएको छ । ती स्थलहरूमा ‘विरोध र प्रदर्शन सामग्रीहरू भण्डारण गर्न सकिन्छ’ भन्ने चिन्ता प्रहरीको रहेको छ । महाभियोगको फैसला को अलावा यूनले डिसेम्बरमा सैनिक शासन (मार्शल ल) घोषणा गरेको आरोपमा एक आपराधिक मुद्दाको सामना गर्नुपर्नेछ । उहाँ एक आपराधिक मामलामा मुद्दाको सामना गर्ने पहिलो सत्तासीन दक्षिण कोरियाली राष्ट्रपति बन्नुभएको छ । अभियोजक जनरल शिम वू–जुङले सोमबार पत्रकारहरूसँग भन्नुभयो, “अभियोजन पक्षले युनलाई अनपेक्षित रूपमा हिरासतबाट रिहा गरे तापनि मुद्दालाई जारी राख्नेछ।” शिमले भन्नुभयो, “हामी अभियोजनपक्षको मुद्दालाई निरन्तरता दिन बलियो प्रयास सुनिश्चित गर्नेछौँ।” 

    प्रतिक्रिया दिनुहोस
    भर्खरै थप
    • प्रवासमा गुञ्जियो मनमल्लिका !
    • वरण
    • चारधाममा चौध दिन
    • जापान सरकारको नयाँ नियम, भिसा नविकरण प्रकृया कडिकडाउ गरिने !
    • थाकखोला र थकाली खाना सम्बन्धि गीत सार्वजनिक
    • मोहरेको काँधमा
    लोकप्रीय
    सम्बन्धित बिषय
  • राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा

    राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा

  • इजरायल र अमेरिकाको संयुक्त कदम, अमेरिकाद्वारा इरानका तीन आणविक केन्द्रमा आक्रमण

    इजरायल र अमेरिकाको संयुक्त कदम, अमेरिकाद्वारा इरानका तीन आणविक केन्द्रमा आक्रमण

  • युद्धविराम प्रस्तावमा हमासको प्रतिक्रिया ‘अस्वीकार्य’ : अमेरिकी राजदूत

    युद्धविराम प्रस्तावमा हमासको प्रतिक्रिया ‘अस्वीकार्य’ : अमेरिकी राजदूत

  • गाजामा इजरायली हमलामा १०३ जनाको मृत्यु

    गाजामा इजरायली हमलामा १०३ जनाको मृत्यु

  • खोज्नुहोस

    Logo
    • गृहपृष्ठ
    • सम्पादकीय
    • समाचार
    • भुइँ कथा
    • ज्ञानगंगा
    • प्रवास
    • साहित्य संसार
    • विचार दृष्टिकोण
    • मनोरञ्जन
    • विश्व
    • ग्यालरी
    • विविध
    • भिडीयो ग्यालरी
    English
    सम्पर्क

    भुइँ सञ्चार मिडिया प्रा.लि.
    कार्यालयः पोखरा महानगरपालिका ११ फुलवारी, कास्की
    कर्पोरेट कार्यालयः नागार्जुन नगरपालिका १ काठमाडौं
    सम्पर्क नं. : ९८४२२७३१६४/९७६७७१०५७४
    सुचना बिभाग दर्ता नं: २३५३/०७७–७८
    प्रेस काउन्सिल सूचिकरण :१७३१ –०७५/०७६
    विज्ञापन वोर्ड सूचीकरणः ०२१०/०७९/८०/०१
    इमेल: bhuinpati@gmail.com

    हाम्रो टिम

    संचालक/सम्पादक: राम्जी आचार्य

    व्यवस्थापक : संकेत आचार्य 

    हाम्रो बारेमा

    भुइँपाटी डटकम तल्लो तह अर्थात“ग्रासरुट” मूलक डिजिटल पत्रिका हो । विक्रम सम्वत २०७६ साल देखि यस पत्रिकाले आफ्नो यात्रालाई अविच्छिन्न राख्दै आएको छ ।   

     

     

     

                        प्रवास 

                               सम्पर्क कार्यालय       ः नागोया सिटी, मिनातोकु आइचि जापान
                               ह्वाट्सएप सम्पर्क नं.  : +८१७०९०८५७८३९

    • सामाजिक संजालमा
    • फेसबुक ट्वीटर युट्युब इन्स्टाग्राम

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend