लघु कथा

अव्यक्त पिडा

अव्यक्त पिडा

भुइँ पाटी
आइतवार, चैत्र २ २०८१
  •  

    "ठाकुर! किन यति कम्जोर देखिन्छौ? बेलामा कति जाँगरिला फुर्तिला थियौँ ?के भयोे तिमीलाई?"( अरुणले सम्झाउदै भने) "साँच्चि अरूण जानकीले घर छोडेपछि म इन्तु न चिन्तु भएको छु। कसैसँग बोल्न मन लाग्दैन्। छोरा बुहारीले केवल अपौचरिकता निभाउँछन्। नजिक आएर सोध पुछ पनि गर्दैनन्। उमेर ढक्यो, साथी संगी छुट्टिए . यत्रो वर्ष सङ्गै जीवन काटियो।जानकीलाई धेरै पल्ट सम्झाएँ फोन गरेर पनि उल्टै उनको धम्कीपूर्ण बोली गैर व्यवहारले मन कटक्क खान्छ । आऊ कति अर्काको घरमा बस्छ्यौ। तिम्रो मेरो रगत पसिनाले जमाएको हो भने अह सुन्ने होइन।"(ठाकुरले मनकै कुरा सुनाए ।) "श्रीमती उषाले मलाई पनि यस्तै गरिन् के भन्नु? चुप लागेर बसे। पछि बुहारीले बोलाएर खाना दिइन्। लोग्ने मान्छे मुटु साह्रो वनाएर दिन काटे सधैं चासो राख्थिन् खै के भएछ? ठाकुर मन दुख्यो । रातभरि निद्रा लागेन । तिम्लाई भेट्न आएको थिएँ । छोरीको घर तीर गएको सुने गर्नु आजकालका स्वास्नी मानिसहरु के भएका हुन? सामाजिक सञ्जाल फेसबुक र tiktok भएपछि कोही चाहदैनन् ! खै कहाँ जानु? बल वैशमा छोरा छोरी परिवार भनियो। आज आएर बेत वसेको गाई भैंसी र जोत्न नसक्ने गोरुको हाल भएको छ। के गर्नु बाबै घरले जाजा र बनले आइजा भनें झैं लाग्छ। (अरुणले मनकै कुरा सुनाए) "कति भावुक कुरा गर्यौ अरूण तिम्ले? के गर्नु? अव्यक्त मनको पिडा तिमीलाई सुनाउँदा मनै हल्का हुन्छ ६०/७०वर्षको हुँदा पनि हामी लोभ लालचा आएन। परिवार खुशी पार्न खोज्यो उल्टै जाई लाग्ने भए पछि दिल मन सबै काटिदो रहेछ अरुण। हेर त अरूण हातको इशाराले देखाउँदै)ती जानकी होइनन् ? अनि पछाडी उषा बहिनी जस्तो लाग्छ के आज हुदैछ यतै आउँदै छन्? (केही सशंकित हुँदै ठाकुरले भने) "सरोजको बाबा मलाई माफ गर्नोस् अब कहिल्यै नराम्राे गर्दिनँ। जीवन सारा साथ बिताएँ खै कुन दशा लागेर माइत गएँ आमा बाबा नभएको माइतीघर मेरो निम्ति उचित थिएन। सबैको अप्रियब्यबहार र घटना भोग्नु पर्यो (आँखाभरी आँसु झार्दै जानकीले मन भरीको गुनासो पोखिन्।) "देख्यौँ होइन मैले भनेकै हुँ नजाऊ भन्दा मानिनौ उषा भाउजू पनि साथमा देख्दा अचम्म लाग्यो। लौ हिडौँ घरमै कुरा गरौला। ठाकुर र अरुणले मनको अव्यक्त पिडा पूरा व्यक्त नगर्दै उषा र जानकीले बिषय प्रसङ्ग नै बदलिदिए। 

    -वेलायत बसेर सिर्जनामा तल्लीन इन्द्रेणी शर्माका नामले परिचित साहित्यकार मोहन आचार्यका "निर्दयी रात" कविता संग्रह र इन्द्रेणी शर्माका कथाहरु कृति प्रकाशित छन् । -सं

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend