-मोहन आचार्य
मुटु छुने तिम्रा गीत
सुन्न सक्दिनँ म
दिल भित्र प्रेम फेरि बुन्न
सक्दिनँ म।
...................
बाल्यकाल वित्यो संगै
घर आँगनमा
जुनघाम बन्यो माया
हाम्रो यो मनमा ।
................
फूल फुल्यो डाली भरी
वसन्तका दिन
तिमी बिना कहाँ सक्छु र
समालिन ।
..................
आँखाभरी आँसु थिए मन
भरि दुख्ख
त्यही दुख्ख मेट्नलाई
भुली आएँ सुख्ख ।
......................
दुःख सुख जिन्दजीको साथ
बनाएर गामवेसीमा प्रित
राम्राे गाम्ले जनाएर
छोटा मोटा दुःख भुल्दै ।
....................
मेलापात जाँदा
हुन्छ शान्ति मेरी प्रिया
संझिएर ल्याउँदा ।
.....................
- देवचुली नवलपुर नेपाल ,हाल बेलायत
