मुक्तक

खोरिया

खोरिया

भुइँ पाटी
शुक्रवार, चैत्र ७ २०८१
  •         -मोहन आचार्य "जलद"
    ______१
    देखिन्न भित्र चोट छ 
    भेटिन्न केही खोट छ 
    बुझिनँ उनको कुरा 
            के अठोट छ?
    ____२
    चिन्दिन यार यसरी 
    भन्दिनँ प्यार नगरी 
    झुल्कियो दिल पाएर
              प्रेम कसरी!!
    _____'३
    बोल्दिनँ फेरि  समाल 
    सही दिन्छु ल अंगाल 
    मनको कुरा बुनेर
           रुन्छ्यौ सुनेर।।।
    ______४
    पापी स्वार्थी छ बिचार 
    दुःखेको कथा विस्तार 
    भनी साध्यै छैन् सुन्दरी 
               हे राम हरि!!।।
    ______५
    नशालु आँखाले हेर्न 
    सक्दिनँ  सहन  फेर्न
    याद आउछ मनमा 
              भन्दिनँ बेर्न।।
    ___________

    -देवचुली नवलपुर नेपाल 
    हाल बेलायत 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend