• समाचार
  • इन्जिनियरिङ अध्ययन पश्चिमाञ्चल  क्याम्पसमा इतिहास रच्न...

इन्जिनियरिङ अध्ययन पश्चिमाञ्चल  क्याम्पसमा इतिहास रच्न सफल हरिकृष्ण

इन्जिनियरिङ अध्ययन पश्चिमाञ्चल  क्याम्पसमा इतिहास रच्न सफल हरिकृष्ण

भुइँ पाटी
शनिवार, चैत्र ८ २०८१
  •  

    पोखरा, ८ चैत्र २०८१ – त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनले एक ऐतिहासिक मोड लिएको छ। दोस्रो वर्षमा अध्ययनरत छात्र  हरिकृष्ण खड्का ले स्ववियु सचिव पदमा विजयी हुँदै क्याम्पसको इतिहासमा नयाँ कीर्तिमान स्थापित गरेका छन्।

    उनले कुल १६९७  मतमध्ये ९२१  मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीलाई २१७ मतले पछि पारे। यो जितले क्याम्पसमा युवा नेतृत्वको सम्भावनालाई उजागर गरेको छ।

    विजयपछि खड्काले , "यो जित मेरो मात्र होइन, सम्पूर्ण विद्यार्थी समुदायको हो। म सबैको विश्वासलाई सम्मान गर्दै क्याम्पसको विकास र विद्यार्थी हितका लागि प्रतिबद्ध छु।"

    विद्यार्थीहरूबीच हरिकृष्ण खड्का को यो जितले नयाँ ऊर्जा र उत्साह भरेको छ। उनको नेतृत्वमा क्याम्पसले नयाँ उचाइहरू हासिल गर्ने अपेक्षा गरिएको छ।

    त्यस्तै अध्यक्ष तर्फ स्वतन्त्र उम्मेदवार प्रकाश धामी ७१६ मत सहित विजय भएका छन् | उनले निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियु का अनुप न्यौपाने लाई २६७ मत ले पछि पार्दै विजय भएका थिए

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend