टोकियो, जापान ।
मासिक वा बार्षिक थोरै रकम बचतबाट दूर्घटना भैपरि आउने बिपदमा राहत सहित निश्चित समय पछि एकमुष्ट बचत प्राप्त गर्ने सपना कसको हुँदैन र ! अझ जापानको स्वास्थ्य बिमान, पेन्सन लगायत अन्य बिमाको मोटो रकम तिरेर आजित भइरहँदा र नेपाल कहिले फर्कने कुनै टुंगो नभएको अवस्थामा त्यस्ता नेपालीहरुका लागि लक्षित गरेर रिलायबल नेपाल लाईफ इन्स्युरेन्सले जापानवासी नेपालीहरुलाई विभिन्न योजना सहितको सेवाको थालनी गर्ने भएको छ ।
जापानमा रहेका नेपाली समुदायलाई थोरै बचतबाट पनि भविष्यमा ठूलो आर्थिक सुरक्षा प्रदान हुनेगरि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जापानभर सेवा उपलब्ध गराउने भएको छ । यसको लागि टोकियोमा रहेको जी एण्ड के कम्पनीले जापानवासी नेपालीहरुलाई सेवा उपलब्ध गराउन सहकार्य गर्न लागेको जानकारी गराएको छ ।
नेपालमा जीवन बीमाका क्षेत्रमा लोकप्रिय रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जापानमा अध्ययन, रोजगार तथा व्यवसायरत नेपालीहरुको स्वास्थ्य, दुर्घटना, बाल हेरचाह सहित भविष्यमा एकमुष्ट बचत प्राप्त गर्दै सुरक्षित भविष्यको लागि बीमा सेवा उपलब्ध गराउन लागेको जि एण्ड के कम्पनीका प्रमुख ददिवल खड्काले जानकारी दिनुभयो ।
जापानमा दुःखले कमाएको रकमबाट मासिक वा बार्षिक रुपमा थोरै मात्र बचत गरेर पनि भविष्यमा आकस्मिक अवस्थामा ठूलो सहयोग प्राप्त गर्न सकिने योजनाहरु सहित रिलायबल लाइफ इन्स्योरेन्सले जापानमा सेवा थालनी गर्न लागेको खड्काले बताउनुभयो ।
नेपालमा लाईफ इन्स्योरेन्स गर्न जापानबाट गएकै समयमा गर्नुपर्ने बाध्यता, छोटो समयको बिदामा खर्चनुपर्ने समयको चटारोलाई मध्यनजर गर्दै जापानबाट नै नेपालमा लोकप्रिय रहेको लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बिमाको सूविधा लिन पाउने भएपछि जापानका नेपालीहरु प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सका बीमा योजनाले विशेष गरी जापानमा कार्यरत नेपालीहरू, जापानमा भर्खरै जन्मेका बालबालिका तथा नेपालमा रहेका बालबालिका र युवा पुस्ताको भविष्यको आर्थिक पक्षलाई सुनिश्चित गराउनेगरि विभिन्न आकर्षक योजनाहरु सार्वजनिक गर्ने तयारी गरेको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ‘रिलायबल समुन्नति जीवन बीमा योजना’, रिलायबल सावधिक जीवन बीमा योजना, लघु सावधिक जीवन बीमा योजना, रिलायबल सजिलो जीवन बीमा योजना (एकल तथा सिमित अवधि भुक्तानी), रिलायबल सुलभ जीवन बीमा, रिलायबल उच्च शिक्षा योजना (बाल बच्चाको सावाधिक बीमालेख), सावधिक तथा आजीवन बीमा योजना, रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजना लगायत ल्याएको छ ।
जीवन बिमा गराउँदा आकस्मिक रुपमा हुने स्वास्थ्य समस्यामा आर्थिक सहयोग, दुर्घटना वा अन्य आपत्कालीन अवस्थाहरूमा आर्थिक सुरक्षाको ग्यारेन्टी दिने भने दीर्घकालीन योजनाहरूबाट बुढेसकालको सुरक्षित जीवनयापनका लागि समेत आर्थिक सहयोग पुग्नेछ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेवा औपचारिक रूपमा यही मार्च २९ तारिख शनिबारका दिन टोकियोमा एक विशेष कार्यक्रममार्फत सुचारु गरिने भएको छ ।
कार्यक्रममा जापानमा रहेका नेपाली समुदायका अगुवा, व्यावसायिक प्रतिनिधिहरू, बीमा क्षेत्रका नेपालबाट आउनुहुने विज्ञहरू लगायतको उपस्थिति रहने छ ।
नागोया र ओसाकामा कार्यक्रम हुँदै
रिलायबल नेपाल लाइफ इन्स्युरेन्सले आफ्ना सेवाहरु जापानभर विस्तारका लागि टोकियो सहितका मूख्य शहरहरुमा कार्यक्रम गर्ने भएको छ ।
हालका लागि मार्च २९ तारिख टोकियो शिन ओकुबोमा रहेको बारकाडे रेष्टुरेण्टमा पहिलो औपचारिक कार्यक्रम सहित रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सको सेवा थालनीको घोषणा गरिने छ । कार्यक्रम साँझ ४ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।
यसैगरि मार्च ३० तारिख हिगासी खानागावामा रहेको कोशेली रेष्टुरेण्टको सभाहलमा साँझ ५ बजेबाट कार्यक्रम सुरु हुनेछ ।
ओसाकामा अप्रिल ४ तारिख लाइफ ईन्स्योरेन्सको सेमिनार आयोजना हुने भएको छ ।
यसैगरि अप्रिल ५ तारिख नागोया शहरमा रहेको दियालो रेष्टुरेण्टमा साँझ ४ बजे जापानबाटै जीवन बिमा गर्न सकिने सेवाको थालनीबारे जानकारी दिन विशेष कार्यक्रम हुनेछ ।
आयोजकले सबै कार्यक्रमहरुमा जीवन बिमा बारेमा चासो राख्ने तथा जीवन बिमा गराउन ईच्छुक व्यक्तिहरु उपस्थित हुनसक्ने वा तलको ठेगानामा सम्पर्क गरि सेवा लिन सक्ने जानकारी गराएको छ ।
