३१ चैत ख्यङ्साङ्नाम्दो, दक्षिण कोरीया
रोजगारिको सिलसिलामा कोरियाको ख्यङ्साङ्नाम्दोमा जम्मा भएका नेपाली युवाहरुले गठन गरेको सछाङ नेपाली समाजको आयोजनामा नयाँ वर्ष २०८२ सालको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । परदेश र घरदेशमा आइपर्ने आपत- विपतमा सहयोग तथा नेपाली संस्कार, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ गठित समाजले आयोजना गरेको शुभकामना आदान- प्रदान कार्यक्रममा जम्मा भएका नेपालिहरुले विभिन्न प्रकारका कला र गलाको प्रस्तुती साटासाट गर्दै रमाइलो गरे । कार्यक्रममा कविता,गित गजल र नृत्य समेत प्रस्तुत भएका थिए । देशको असहज परिस्थिती सल्टाउनलाइ चिन्ता गरिएका मुक्तक र शेरहरु पनि कार्यक्रममा वाचन गरिएका थिए ।
एउटै मान्छे घरि घरि , कैले सम्म हो
यो रैदालो यो मनपरि , कैले सम्म हो।
तेहि गुन्डा तेहि चोरलाइ जिताउनु भएछ फेरि
देश चलाउने यसरि , कैले सम्म हो
गजलकार समुन्द्र आचार्यले सत्तामा गलत मान्छेहरुले गरेको राइँदाइँलाइ यसरी शब्दद्वारा सचेत गराएका थिए । त्यस्तै देश प्रेम र प्रीतीका गुन्जाएस हुने शब्दहरु कार्यक्रमा पोखीएका थिए । नेपाली वाहेक कार्यक्रममा प्रमुख अतिथी बनेर आएकी कोरियन शिक्षक युग्यङ्हेले पनि नेपाली मायाकै बखान गरेकी थिइन् । युग्यङ्हेले नेपाली मनको खुलेर प्रशंसा गरिन् । करिव १० वर्ष पहिले नेपाल घुम्न आएकि उनले काठमाण्डौ र पोखराका सडकहरुमा देखेका निर्दोष नेपाली मनहरुले आफ्नो ध्यान खिचेको बताएकी उनले भनिन् "नेपालीहरु कठिन परिस्थितिमा पनि खुशी हुन सक्ने सरल स्वभाव र मिहिनेती भएको पाएँ ।" छोटो समय नेपाल घुम्न जाँदा धितै नमरेको भन्दै अवकाश पछि फेरि धित मर्ने गरि नेपाल घुम्न जाने भन्दै उनले नेपाली मायाको पटक-पटक चर्चा गरेकी थिइन् ।
आइतवार रमाइलोमय तरिकाले समाजका अध्यक्ष दामोदर पौडेलको अध्यक्षतामा सुसम्पन्न भएको उक्त कार्यक्रमको सन्चालन सचिव विमल आचार्यले तथा स्वागत मन्तव्य उपाध्यक्ष केदार पौडेलले राख्नु भएको थियो ।
