पोखरा, वैशाख ४ — यात्री एक्सप्रेस डोमेस्टिक एण्ड इन्टरनेसनल कुरियर सर्भिसले पोखराको जीरो किलोमिटरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। मुख्य कार्यालय काठमाडौंमा रहेको यस कम्पनीका देशभरका विभिन्न स्थानहरूमा उपशाखाहरू रहेका छन्।
यात्री एक्सप्रेसका अनुसार पोखरा जीरो किलोमिटरस्थित शाखाबाट अब गण्डकी प्रदेशका सबै जिल्लाहरूमा छिटो र भरपर्दो पार्सल डेलिभरी सेवा प्रदान गर्नेछ।
नयाँ शाखाको उद्घाटन समारोहमा बोल्दै यात्री एक्सप्रेसका सीईओ सुरज भण्डारीले भने, "यात्री तपाईंका आवश्यकता पूरा गर्ने लक्ष्यसहित अघि बढेको कम्पनी हो। हामी तपाईंका महत्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्रीहरू विश्वभर सस्तो मूल्यमा सुरक्षित रूपमा डेलिभर गर्छौं।"
यस सेवामार्फत नेपालभित्र र अन्तर्राष्ट्रिय रूपमा छिटो, भरपर्दो र किफायती मूल्यमा सामान पठाउन सकिने कम्पनीले जनाएको छ। यात्रिले ग्राहक सन्तुष्टिलाई प्रमुख प्राथमिकता दिने समेत उल्लेख गरेको छ।
