तिम्रै यादमा तड्पिएर दिन
काटेको छु
आऊ साथमा कसरी
कहानी बाटेको छु
प्रेम नशालु नयनले ज्यान
जलेको छ
कहाँ फिराद निवेदन गरुँ
फाटेको छु।।
आशा बोकेर जीवनको
अन्तिम यात्रामा
तिम्रै नाममा जबर्जस्ती दिल
साटेको छु ।
छल कपट जिन्दगानी
त्यागी आउनु
तिम्रै भरोसाले राख्दैछु
धेरै छाटेकाे छु ।
फुल्दै नफुल्ने फूल देख्ता
सुगन्ध देखेँ
आफैं सम्हाले वजारलाई
मूल्य आटेको छु ।
आफ्ना आफन्त दुश्मन
बनेर आएछन्
छुट्यो पिरती कहानी झैं
लाग्छ ढाँटेको छु ।
-मोहन आचार्य "जलद"
देवचुली नवलपुर नेपाल हाल बेलायत
