कर्णाली समाज कान्साइको अध्यक्षमा झरेन्द्र

कर्णाली समाज कान्साइको अध्यक्षमा झरेन्द्र

भुइँ पाटी
सोमवार, आषाढ ९ २०८२

  • टोकीयो(जापान), ९ असारः कर्णाली प्रदेश  समाज जापान कान्साई क्षेत्रीय समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
    कर्णाली क्षेत्र र यहाँको साझा  भाषा, संस्कृतिको सम्मान तथा प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ गठीत उक्त संस्थाको तेश्रो अधेवेशन नयाँ कार्य समिती चयन गर्दै सम्पन्न भएको हो ।
    २०२५ जुन २२ का दिन  निवर्तमान कार्यसमितिका उपाध्यक्ष    रबिन्द्र शाहीको सभापतित्व र  केन्द्रिय अध्यक्ष   कृष्ण शाहीको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको संस्थाका उपाध्यक्ष अमर सेजुवालले जानकारी दिनुभयो ।
    यस्तै कार्यक्रमको सन्चालन  झरेन्द्र कँवरले गर्नु भएको थियो भने कार्यक्रममा चर्चित गायिका  अनिता चलाउने, गायक कुलविर थापा,   गायिका काजल गुरुङ्ग, डान्सर  सुस्मिता शाही  लगायतका कलाकारहरुको उपस्थिती रहेको  थियो ।
    अधिवेशनले  अध्यक्ष झरेन्द्र कुमार कवर,  उपाध्यक्ष  अम्मर सेजुवाल,लोक मान पुन मगर,सुरक्षा शाही सचिव:प्रकाश रसाईली ( भावुक) सह-सचिव: गणेश सिं ठकुरी ,तारा रावल कोषाध्यक्ष:नित्या खड्का, सह-कोषाध्यक्ष: शान्ति ठकुरी, सदस्यहरू: कोपिला बम ठकुरी ,मुक्ति सुवेधी , शुस्मिता शाही ,चन्द्र बुढा क्षेत्री ,बेशन भण्डारी ,सुजन पुनमगर,अन्जली शाही ठकुरी ,चक्र बहादुर वि.क.,सुनिता शाही ,सेतु बम ,कल्पना ,निर्मल बुढाथोकी लाई चयन गरेको छ भने सल्लाहकारहरू: दिलिप कंडेल ,डा. भरत सिं नेगी,नरेश ओली,रविन्द्र शाही रहनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend