साहित्य र सृजनाका कुरा

गीतकार श्रीराम राईको नयाँ गीत ‘...... दुख्ने मुटु पनि...’ सार्वजनिक

गीतकार श्रीराम राईको नयाँ गीत ‘...... दुख्ने मुटु पनि...’ सार्वजनिक

भुइँ पाटी
शनिवार, पौष २६ २०८२
  • काठमाडौँ-गीतकार श्रीराम राईको नयाँ गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि...’ सार्वनिक भएको छ । ओसियन म्युजिक नेपालको युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो । ओमप्रकाश राईको संगीत  तथा पेमा शेर्पा राईको कर्णप्रीय स्वरमा गीतकार राइका शब्दहरु गुञ्जिएका छन् । गीतमा एकतर्फी प्रेमको पीडा र आत्मीय प्रेमको शुभेच्छा कलात्मक रूपमा उधिनिएको छ । गीत सार्वजनिक भएसंगै  दर्शक–स्रोतामाझ चर्चा चुलिनेक्रम जारी छ । 
    गीतमा सन्तोष प्रगाढ राईको एरेञ्ज, वीरेन्द्र भाट ‘विपिन’ को इडिटिङ तथा गोविन्द सोनीको मिक्सिङ–मास्टरिङ रहेको छ ।

    पत्रकारिता एवं साहित्य र सिर्जनाको दुनियांमा निरन्तर कलम चलाउँदै आउनुभएका गीतकार श्रीराम राईका  ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ.....’ २०७५, ‘सञ्चो छौ कि विसञ्चो.....’ २०७९ लगायतका गीतहरु सार्वजनिक भइसकेकाछन् । 
    चिरपरिचित सर्जक एवं गीतकार श्रीराम राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पामा जन्मनुभएको हो । उहाँ दश वर्षे शिक्षण पेशालाई बिट मार्दै काठमाडौंमा संघर्षका उकाली–ओराली गर्दै हुनुहुन्छ ।  साहित्य र पत्रकारितामा सक्रिय राईका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) बालकथासंग्रह प्रकाशित छन्।

    shree ram 2.jpg
    -गीतकार श्रीराम राई

    उहाँ रावासावा प्राज्ञिक समाज नेपालको सचिव तथा लघुकथा समाज नेपाल, खोटाङ को संस्थापक अध्यक्ष हुनुहुन्छ । त्यस्तै ‘लघुकथा सौन्दर्य’ को समेत संस्थापक हुनुहुन्छ । ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) लघुकथासंग्रह प्रकाशित श्रीराम राई नेपाली लघुकथा विधाको विकासमा अविछिन्न क्रियाशील रहँदै आउनुभएको छ ।
    गीतकार राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ हालै बजारमा आएको छ । उहाँले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’को सम्पादन पनि गर्नुभएको छ । 
    नेपाली भाषा, साहित्यमा पु¥याएको योगदानको कदरस्वरूप उहाँलाई इडन व्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव सम्मान (२०८०) र ‘गोधूलि साहित्य सम्मान (२०८२) प्राप्त भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend