• खेलकुद
  • क्यानडाले दियो दुई सय ४१ रनको...

क्यानडाले दियो दुई सय ४१ रनको लक्ष्य

क्यानडाले दियो दुई सय ४१ रनको लक्ष्य

भुइँ पाटी
मंगलवार, फाल्गुण ८ २०८०

  • २०८० फागुन ८
    काठमाडौँ –  क्यानडा–११ विरुद्धको एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले जितका लागि दुई सय ४१ रनको लक्ष्य पाएको छ । 
    माथिल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडा–११ ले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै दुई सय ४० रनको योगफल बनायो । 
    क्यानडाका लागि श्रेयास मोम्भाले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ८२ बल खेल्न क्रममा पाँच चौका प्रहार गरे । त्यस्तै नवनित दलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१ र आरोन जोनसनले ३६ रनको योगदान दिए । डिलोन हेलिगरले १६ रन बनाए ।
    बलिङतर्फ नेपालका साहब आलमले तीन विकेट लिए भने शेर मल्ल र रासिद खानले समान दुई÷दुई विकेट लिए । त्यसैगरी सागर ढकाल र बसिर अहमदले समान एक÷एक विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend