महाभारतको युद्धमा अर्जुनले गण्डिव धनुषद्वारा कौरवहरूको विशाल सेनालाई पराजित गरेर विजय हासिल गरेका थिए । यस धनुषको कारणले गर्दा त्यसबेला सबैले अर्जुनलाई महान् धनुर्धारी ठान्थे । त्यति ठुलो युद्ध जित्ने गाण्डिव धनुषको ताकत निकै ठूलो हुने कुरा भइहाल्यो । हुन त धार्मिक शास्त्र र पुराणहरुमा उल्लेख भए अनुसार सम्पुर्ण स्टदेवहरुसँग कुनै न कुनै प्रकारका हतियार वा शक्ति रहने गरेको उल्लेख छ । त्यस्तै महाभारतको लडाइँ लड्ने अर्जुन, कर्ण जस्ता वीरहरुको साथमा पनि चर्चित हतियार(धनुष) रहेका थिए । यसै मध्येका एक वीर अर्जुनको साथमा रहेको धनुषको बारेमा रोचक प्रसङ्गहरु रहने गरेका छन् । उक्त धनुषको गुणलाई लिएर निकै धेरै परिचर्चाहरु हँदै आएका छन् । त्यस धनुषको आवाजले मात्रै पनि शत्रुहरू डराउँथे भनेर कथामा लिपिवद्ध गरिएको हुन्छ ।
सीताको अन्त्येष्टिमा भगवान रामले शिवजीको धनुष भाँचेको समयमा परशुराम जी त्यहाँ उपस्थित थिए, त्यसबेला भगवान रामले यो धनुष भगवान शिवका अवतार परशुराम जीबाट प्राप्त गरेका थिए ।
यो धनुष भगवान रामबाट अर्जुनसम्म कसरी पुग्यो ? यो दैवी धनुष कहाँबाट परशुरामजीमा आयो भन्ने कुराहरु चाखलाग्दा छन् ।
“भगवान शिवले यो धनुष भगवान विष्णुबाट प्राप्त गरेका थिए जब भगवान विष्णु र शिव बीच युद्ध भएको थियो र दुबै बराबर थिए । युद्ध पछि, भगवान विष्णुले आफ्नो धनु भगवान शिवलाई दिए र शिव जीले आफ्नो धनु भगवान विष्णुलाई दिएका थिए भनिन्छ । पछि वरुण देवले अर्जुनलाई त्यही धनुष दिए ।”
विष्णुधर्मोत्तर पुराणको पहिलो खण्डमा यो दैवी धनुष भगवान शिवले परशुरामलाई पातालमा रहेका राक्षसहरूलाई नष्ट गर्नका लागि दिएको उल्लेख गरिएको छ ।
भगवान शिवले यो धनुष भगवान विष्णुबाट प्राप्त गरेका थिए जब भगवान विष्णु र शिव बीच युद्ध भएको थियो र दुबै बराबर थिए । युद्ध पछि, भगवान विष्णुले आफ्नो धनु भगवान शिवलाई दिए र शिव जीले आफ्नो धनु भगवान विष्णुलाई दिएका थिए भनिन्छ । पछि वरुण देवले अर्जुनलाई त्यही धनुष दिए ।
महाभारत युद्धको समाप्ती पछि सत्य र धर्मको सँधै जित हुन्छ भन्ने मान्यता स्थापित भयो । न्याय र धर्मको मर्म वचाएकोमा सज्जनवृन्दहरुमा उत्साहित भए । यसबाट सबै लोकका देव–देवताहरुले धर्म रक्षा गर्ने पाण्डव भाइखलकप्रति सहानुभुती प्रकट गरेका थिए । यसैको उपहारस्वरुप पाण्डव खलकका भाइहरुलाई जिउँदै स्वर्ग जाने अवसर प्राप्त भयो । यसरी स्वर्ग जाने क्रममा अर्जुनले आफुलाई प्राप्त भएकोे गण्डिव धनु वरुण देवलाई फर्काएका थिए भनेर कथाहरुमा उल्लेख गरिएको छ ।
