• खेलकुद
  • पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक, राष्ट्रपतिले...

पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक, राष्ट्रपतिले दिए बधाई

पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक, राष्ट्रपतिले दिए बधाई

शनिवार, भाद्र १५ २०८१
  • पोखरा, 

    पारा तेक्वान्दोकी कीर्तिमानी खेलाडी पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक पदक दिलाएकी छन्। देशलाई पदक दिलाएपछि नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बधाई दिएका छन्। उनले समाजिक सञ्जालमार्फत ऐतिहासिक कास्य पदक विजेता गोवर्धनलाई बधाई  दिएका हुन् ।

    उनले भने, “फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाउनुभएकी पलेशाले जित्नुभएको कास्य पदक नेपाल र नेपालीको लागि गर्वको विषय हो । ”

    पेरिस पारालिम्पिक-२०२४ अन्तर्गत गए राति सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी हुन् । पारालिम्पिकमा पदक जित्ने उहाँ पहिलो नेपाली खेलाडी बनेकी छन्


    हिजै भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन्। क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ  १०-८ ले पराजित भइन् । दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाउँदै फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गरेकी थिइन् ।

    गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले  स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी छन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend