उपनिर्वाचन बारेको भ्रामक सन्देश

उपनिर्वाचन बारेको भ्रामक सन्देश

भुइँ पाटी
मंगलवार, बैशाख १८ २०८१
  • इलाम २ र बझाङमा भर्खरै सम्पन्न भएको उपनिर्वाचन र यसको परिणामलाई लिएर थरि–थरिका टिका–टिप्पणीहरु सुन्न पाइएको छ  । सम्बन्धित र असम्बन्धित सबै पक्ष सामेल भएर चुनावी परिणाम र राजनैतिक परिदृष्यलाई आ–आफ्नो ढङ्गले बुझ्ने र व्यक्त गर्ने काम भएको छ । निर्वाचनको सन्दर्भलाई लिएर सञ्चार माध्यमहरुले पस्किएका सूचना र विश्लेषण तथा सामाजिक सञ्जालहरुमा छाएका “ब्रेकिङ अपडेट” हेर्दा सम्पुर्ण नागरिक राजनीतिकाप्रति सचेत र जिज्ञासु रहेछन् भनेर निचोड निकाल्दा अत्युक्ति नहुन सक्छ । 

    जस्तो इलामकै उपनिर्वाचनको कुरा गर्नुपर्दा त्यहाँ जित्ने नेम्वाङको भन्दा चुनाव हार्ने खड्का,थगिम र लिम्बुको मतभार बढी छ, अर्थात जित्नेहरुको भन्दा हार्नेहरुको पक्षमा बढि जनमत छ । यसैले चुनाव जित्ने प्राविधिक विषयलाई लिएर अहंकार पालिरहनु जरुरी छैन । तर हामीकहाँ जित्नेहरुले जे गर्न पनि पाउँछ भन्ने मान्यता हावी भयो । यसैका कारणले भ्रष्टाचार र अनियमितता बढेर गयो । 

    सकिएको उपनिर्वाचनको नतिजालाई हवला दिँदै नेपालको राजनीति दुईपार्टी प्रणालीतर्फ उन्मुख रहेको निष्कर्ष निकाल्ने देखि लिएर पहिचानवादी, बैज्ञानिक समाजवादी पार्टीको आवश्यकता समेतलाई आंैल्याउने टिप्पणीकारहरु लाइनमा देखिएका छन् । तर विधि, पद्दती र मान्यता सुधार वा परिवर्तनका विषयमा धारणा बनेको चाहिँ देखिएन ।
    सामाजिक न्याय तथा उत्पादनको समानुपातिक वितरण जस्ता आधारभुत कुराहरु नसल्टिएसम्म अवरोध विरोध र हस्तक्षेपहरु रोकिने देखिँदैन । अतएव एउटा चुनावमा आएको मतपरिणामले परिवर्तनका सवालमा उठाइएका आवाजहरुको सान्दर्भिकता समाप्त भयो भन्ने निष्कर्ष निकाल्नु गल्ती हुन सक्छ । चेतना, व्यवहार र सामाजिक मान्यतामा अल्लि पछाडि रहेको नेपाली मतदाताहरुको “ट्रेण्ड” अनुभव र प्रयोग गर्ने खालको देखिन्छ । यद्यपी मतदाताले व्यक्त गरेको निर्णयलाई अन्यथा लिनु पनि भएन । 
    निष्कर्षमा राजनीतिमा लाग्नेहरुले जित्नलाई विभिन्न प्रयत्न गर्नु अस्वभाविक होइन । हामीकहाँ संघर्ष, व्यवस्था परिवर्तन र सत्ता परिवर्तन धेरै भए तर मतदाता वा जनताले चाहेको अवस्था परिवर्तन हालसम्म हुन सकेको छैन । त्यसका लागि जितेर जानेहरु र सत्ता सम्हाल्ने शासक वा प्रशासकहरुलाई सन्तुलनमा राख्ने “मेकानिज्म” नहुँदा स्वेच्छाचारिता बढेर गयो । 
    जस्तो इलामकै उपनिर्वाचनको कुरा गर्नुपर्दा त्यहाँ जित्ने नेम्वाङको भन्दा चुनाव हार्ने खड्का,थगिम र लिम्बुको मतभार बढी छ, अर्थात जित्नेहरुको भन्दा हार्नेहरुको पक्षमा बढि जनमत छ । यसैले चुनाव जित्ने प्राविधिक विषयलाई लिएर अहंकार पालिरहनु जरुरी छैन । तर हामीकहाँ जित्नेहरुले जे गर्न पनि पाउँछ भन्ने मान्यता हावी भयो । यसैका कारणले भ्रष्टाचार र अनियमितता बढेर गयो । तसर्थ अबको साझासरोकार सुशासनका पक्षमा केन्द्रित हुन जरुरी देखिन्छ । जित्नेहरुका पक्षमा ताली बजाउने र पराजितहरुलाई इस खाइस् ! भन्ने व्यवहारले प्रतिशोध बढाउने बाहेक अर्थोक गर्दैन । जिम्मेवार नागरिकले कसैलाई हतोत्साहित गर्ने र कसैलाई उन्माद थप्ने जस्ता सामान्य क्रियाक्लापमा रुमल्लिन छोडेर सत्ता सञ्चालक र जितुवा व्यक्ति तथा संस्थालाइ खवरदारी गर्नुपर्ने होइन र ?    

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend