• सम्पादकीय
  • स्वभाव परिवर्तनका लागि दवाव महसुस गरौं...

स्वभाव परिवर्तनका लागि दवाव महसुस गरौं ।

स्वभाव परिवर्तनका लागि दवाव महसुस गरौं ।

भुइँ पाटी
बुधवार, पौष २३ २०८२

  • लोकतन्त्रको लागि उन्नत समय भनेर मानिने आजको युगमा पनि हाम्रा सोंच,हाम्रा चिन्तन र हाम्रा कर्महरु ढुंगे युग तिर फर्किने खालका छन् । विश्वका अधिकांश मुलुक र सम्प्रदायहरुले हरेक क्षेत्रमा सम्बृद्धि,कौशलता र उत्कृष्टता हाँसिल गर्दै गर्दा हामीकहाँ भने जताततै अनिश्चितता,डरत्रास र भोकमरीको बादल मडारिन छाडेको छैन । 

    यतिखेर हरेकजसो नेपाली र नेपाली समुदायका मान्छेहरुमा अमुक दल र अमुक व्यक्तिहरुलाई स्थापित गर्ने मोेहको पारो ह्वात्तै बढेको छ । हामीले उत्पादन गर्दै आएका सोंच,शैली र मान्यताहरुमा परिवर्तन तर्फ धेरैको ध्यान आकृष्ट भएको पाइँदैन । त्यसका लागि सामाजिक न्याय,उत्पादनका साधनहरुको समानुपातिक वितरण तथा राज्यका अवयवहरु स्वतन्त्र हुन जरुरी थियो । त्यतातिर भन्दा एउटालाई सक्ने र अर्कोलाई स्थापित गर्ने सामान्य खेलमा उत्साहित तथा हतोत्साहित हुने कमजोर मानसिकताको भागदौडले युग पछाडि धकेलिने मात्रै हो । 


    संघर्ष, आन्दोलन र मुठभेडमा बहादुरिता खोज्ने स्वभावहरुले शान्ति,मेलमिलाप र मान्छेको सम्मान गर्न सिक्ने चेष्टा नगर्नु सुखद र सकारात्मक होइन । अझ विशेष गरि राजनैतिक दलका फोरमहरुमा विकसित भएको फरक मतलाई हेर्न बनेका दृष्टिकोणहरु देख्दा समाज र मुलुक दशकौं पछि धकेलिने पो हो कि भन्ने चिन्ता लाग्छ । नयाँ जन्मिएका भनिएका राजनैतिक दलहरुको रवैया हेर्दा पनि पुराना राजनैतिक दलहरुले प्रतिपादन गरेको राज्यसत्ता कब्जावाला तरिकालाई निरन्तरता दिने मात्रै देखिन्छ । तिनका व्यवहारमा सिर्जनात्मकता थालनिका पुर्व संकेतहरु नदेखिनु सकरात्मक होइन । 
    यतिखेर हरेकजसो नेपाली र नेपाली समुदायका मान्छेहरुमा अमुक दल र अमुक व्यक्तिहरुलाई स्थापित गर्ने मोेहको पारो ह्वात्तै बढेको छ । हामीले उत्पादन गर्दै आएका सोंच,शैली र मान्यताहरुमा परिवर्तन तर्फ धेरैको ध्यान आकृष्ट भएको पाइँदैन । त्यसका लागि सामाजिक न्याय,उत्पादनका साधनहरुको समानुपातिक वितरण तथा राज्यका अवयवहरु स्वतन्त्र हुन जरुरी थियो । त्यतातिर भन्दा एउटालाई सक्ने र अर्कोलाई स्थापित गर्ने सामान्य खेलमा उत्साहित तथा हतोत्साहित हुने कमजोर मानसिकताको भागदौडले युग पछाडि धकेलिने मात्रै हो । 
    विधि, प्रकृया र जवाफदेहिता जस्ता कुराहरु स्थापित नहुँदासम्म परिकल्पना गरिएजस्तो उन्नत सामाजिक व्यवस्था निकै टाढाको विषय हुनेछ । अतएव सस्तो र सामान्य सोंचहरु त्यागेर वृहत  लोकतान्त्रीक मार्गमा समाहित हुनका लागि सवै तह र तप्काका नेपाली सम्प्रदायहरुले आफ्नो तर्फबाट सक्दो कटिबद्दता जाहेर गरौं । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend