नेपाली समाजले जादु र गफमा निकै धेरै विश्वास गर्दै आएको छ । मरिसकेको मान्छेको कल्पनामै युग बिताउँदै आएका यहाँका पुस्ताहरुको आत्मविश्वास र दुरदृष्टि नहुँदा राज्य व्यवस्थित हुन आजपर्यन्त चुकिरहेकै छ । महेन्द्र, वि.पि. गणेशमान र मदन भण्डारीका गाथा गाउन पल्किएको समाजले आज भोलिलाई हेर्न जान्दैन । राजनैतिक दलहरुलाई मात्रै गाली गरेर हुँदैन कि जस्तो लाग्छ । यहाँका बुद्धिजिवी, कानुनवेत्ता,व्यवसायी र पत्रकार वा हाम्रो समग्र संस्थापन सबै सबैले हिजो मात्रै देख्दै आएकाछन् । आवश्यकता, परिस्थिती र प्रविधिले समयलाई कहाँ पुर्याइसक्यो । हामीकहाँ अझै पनि मान्छेहरुलाई भुलाउने र गफ दिने बाहेकका मुलधारहरु स्थापित हुनै सकेनन् ।
यसै कारण पटक–पटक प्राप्त भैसकेका अवसरहरुलाई पक्रिन नसकेको समाजले राम्रो नागरिक, राम्रो नेतृत्व र राम्रा सल्लाहकारहरु पनि उमार्न सकेन ।
नेपाली समाज आर्थिक,राजनैतिक,साँस्कृतिक र राज्यका अन्य सम्पुर्ण अवएवहरुमा स्थपनाकालदेखि नै पछौटे बन्दै आइरहेको छ । हुन त संसारभरिकै मानवीय गुण एउटै होला तर पनि नेपाली समाजमा स्थापित भएर आएको भक्तिभाव र हुकुम प्रमाङ्गि जस्ता सिद्धान्तहरुले चेतनाको स्तर बृद्धिमा समस्या खडा गर्यो भन्ने देखिन्छ । नेतृत्वलाई रिझाएर आफ्नो दुनो सोझ्याउन सक्नुलाई उचित ठान्ने परम्पराले बिगारेको राज्यका सम्पुर्ण अवएवहरु “लिगमा” आउन पक्कै पनि समय लाग्छ ।
नेपाली समाज आर्थिक,राजनैतिक,साँस्कृतिक र राज्यका अन्य सम्पुर्ण अवएवहरुमा स्थपनाकालदेखि नै पछौटे बन्दै आइरहेको छ । हुन त संसारभरिकै मानवीय गुण एउटै होला तर पनि नेपाली समाजमा स्थापित भएर आएको भक्तिभाव र हुकुम प्रमाङ्गि जस्ता सिद्धान्तहरुले चेतनाको स्तर बृद्धिमा समस्या खडा गर्यो भन्ने देखिन्छ । नेतृत्वलाई रिझाएर आफ्नो दुनो सोझ्याउन सक्नुलाई उचित ठान्ने परम्पराले बिगारेको राज्यका सम्पुर्ण अवएवहरु “लिगमा” आउन पक्कै पनि समय लाग्छ ।
यद्यपी राज्यका अन्य प्रणालीहरु सुध्रिनलाई मुलनीति अर्थात राजनीति संग्लो हुन जरुरी छ । जसका लागि विद्यमान दलीय परम्परा र चुनावी प्रणाली परिवर्तन नहुँदा सम्म नयाँ आकार सम्भव छैन । गलत सिद्धान्त र अभ्यासकाकारण थलिँदै आएको अर्थतन्त्रले गतिलो लय समात्न नसक्दा आर्थिक अपचलन र अपराधका घटनाहरु पञ्चायतकालभन्दा अगाडीबाटै घट्दै आएका हुन् । वर्तमान चुनावी प्रणालीले त्यसलाई झनै बढावा दिएको छ । अब यहि शैलीको चुनाव कि अपराधि शैलीको व्यवसायीले जित्छ, कि त त्यस्ता व्यवसायी रिझाउन सक्नेले जित्छ । कम्तीमा चुनाव जित्ने सांसद मन्त्री बन्न नपाउने, उसले कानुन बनाउनमै आफ्नो सामर्थ्य खर्च गर्न सक्ने व्यवस्था ठिक हुन्थ्यो । अनि जसले सांसद मात्रै होइन पालिका अध्यक्ष र वडाअध्यक्ष बन्न समेत करोडौंको खोलो बगाउँछ । मन्त्री बनेपछि कुम्ल्याउने र ऋण तिर्ने अभिाराले उसलाई थिच्छ । यस्ता श्रृंखलाबाट देश र समाजको उँभोगति लाग्छ भन्नु भ्रम शिवाय केही होइन ।
अतएव हाम्रो जस्तो विविधता भएको मुलुकमा विभिन्न क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरि पुर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय पद्धति उपयुक्त हुनेछ । यहाँ अस्थिरता लम्ब्याउन र आफ्नो लगाम फुस्किन नदिन राष्ट्रिय अन्तराष्ट्रिय रुचिहरु बाझिँदै आएका छन् । र निरकुंशताको हवला दिँदै उन्नत लोकतन्त्रको बिरुद्धमा विभिन्न खाले भ्रमहरु फैलाइएका छन् । तर सत्य यहि हो कि नेपाली राजनीति व्यवस्थामा अब प्रत्यक्ष निर्वाचित कार्यकारी बाहेकको विकल्प छैन । राजनैतिक दलभित्र र बाहिरका युवा नेतृत्व,सामाजिक अभियन्ता तथा सम्पुर्ण सरोकारवालाहरु नतात्दा सम्म सम्भव नदेखिने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीका लागि आवाज उठाउन र योगदान पुर्याउन जरुरी देखिन्छ ।
