धार्मिक सत्ताहरुले बेथिती ननिम्त्याउन् !

धार्मिक सत्ताहरुले बेथिती ननिम्त्याउन् !

भुइँ पाटी
आइतवार, फाल्गुण २५ २०८१

  • मन, वचन र कर्मलाई व्यवस्थित गर्न तथा मानसिक शान्तिका लागि परिकल्पना गरिएका धर्म संस्कारहरुलाई पछ्याउने मान्छेहरुको गल्तीले दुर्घटना निम्त्याउने खतरा बढेर गएको छ । कुनै समय पश्चिमा देशहरुमा इसाइहरुले स्वर्ग जाने टिकट काटिदिने गरेका कहावतहरु पुराना भैसकेका छैनन् । अहिले हामीकहाँ पनि यदाकदा धार्मिक अतिवादीहरुले उस्तै नभए पनि नजिकको प्रस्तुति देखाउँदै विभिन्न सम्प्रदायमा भ्रम छर्ने प्रयत्न गरेको देखिन्छ । हुन त सम्पुर्ण धर्म सम्प्रादयहरुको ओझ र गरिमामा भिन्नता नहुने भएता पनि अतिवादीहरुले आ–आफ्नो पायक पर्ने धर्मको सहारा लिँदै दोश्रोलाई अपमान गर्नलाई विभिन्न बहाना खोज्ने गरेको देखिन्छ । यदाकदा भारतीय मस्जिदहरुमा इस्लाम धर्म गुरुलाई रिस उठ्यो भने “अल्ले खतरामे हे... !” भन्दै अन्य सम्प्रदाय वा धर्ममाथी जाइलाग्न आव्हान गरेको सुन्नमा आउँछ । नेपालमा पनि ठिक त्यस्तै नभए पनि त्यसै गरि धार्मिक अगुवाहरुले देखाउने प्रवृत्तिहरुले धेरै हिन्दु “फ्लोअर्स”हरुलाई निराश बनाउने गरेको छ । 
    धर्म,संस्कार वा प्रतिपादित कुनै पनि आस्थिक मर्यादाले मान्छेहरुलाई कम मात्रै हेप्ने गरेको देख्न र सुन्न पाइन्छ । तर प्रयोगकर्ताहरुको गलत व्याख्या र अभ्यासले मान्छेहरुलाई समग्र प्रचलनहरुमाथी नै प्रश्न उठाउन बाध्य पार्दै गरेको देखिन्छ । 

    धर्म,संस्कार वा प्रतिपादित कुनै पनि आस्थिक मर्यादाले मान्छेहरुलाई कम मात्रै हेप्ने गरेको देख्न र सुन्न पाइन्छ । तर प्रयोगकर्ताहरुको गलत व्याख्या र अभ्यासले मान्छेहरुलाई समग्र प्रचलनहरुमाथी नै प्रश्न उठाउन बाध्य पार्दै गरेको देखिन्छ । 

    विशेष गरि हामीकहाँ धेरैजसो हिन्दु परम्परा र शास्त्रहरुलाई पछ्याउने प्रचलन छ । र यो सम्प्रदायका मानिसहरुको संख्या पनि अरुको तुलनामा धेरै नै छ । परन्तु सिमित धर्म गुरु र अगुवाहरुका कमजोरीले समग्र हिन्दुप्रकृयाहरुलाई बदनामी पनि उत्तिकै गराउँदै आएको छ । पछिल्लो समय फैलिएको धार्मिक व्यापार र सम्प्रदाय वा संस्था विषेशको फाइदा अनुकुल धर्मको अपव्याख्याले मान्छेहरुलाई आजित बनाउँदै आएको छ । विशेष गरि स्वघोषित हिन्दु विज्ञ वा विद्वान ठहरिएका मान्छेहरुबाटै अनुशासन उल्लङ्घनका दायराहरु नाघ्दै आएको देखिन्छ । एउटा संस्कृत प्राध्यापकले अर्कोलाई,एउटा पण्डितले अर्कोलाई अथवा एउटा प्रतिष्पर्धिले अर्कोलाई उछिन्न सकेन भने उसले जनमानसमा आफ्नो प्रतिष्पर्धि इसाइ नजिक भएको वा अन्य उसका नभएका कुनैपनि खोटहरु प्रयोग गर्दै गिराउने गरेको देखिन्छ । धार्मिक वा सांस्कृतिक मान्छेहरुले यसरी सरासर अंगाल्ने गरेको प्रवृत्ति समाजका अन्य अवयवहरुमा पनि उसैगरी प्रसारित हुँदै गरेको देखिन्छ । यसले मान्छेहरुको सोंच र धारणा नै गलत प्रकारको बन्न जाँदा निराशा भाँडभैलो र अधैर्यता जस्ता नकरात्मक तत्वले मान्छेको दिमागमा जरा गाढ्दै जान थालेको छ । यसरी मान्छेमा मौलाएको बेथिती र गलत सिद्धान्तले समग्र समाजमा अधर्मको पारो बढ्ने संकेत देखा परेका छन् । 
    अतएव धार्मिक र आस्थिक मर्यादाहरुसँग जोडिएका विद्वान र धर्मगुरुहरुले मान्छेलाई उत्तेजित पार्ने भन्दा संयमित बनाउने प्रयत्न गर्नु बुद्धिमानी देखिन्छ । यसै पनि धार्मिक प्रवृत्तिका मान्छेहरुलाई आवेग र उत्तेजना सुहाउने विषयनै होइन । यो अथाह संसारमा ज्ञान र संस्कारको दायरा कुनै एउटा सम्प्रदाय,शास्त्र र भुगोलमा सिमित छैन । जान्ने,बुझ्ने र सुन्ने प्रकृया सिमित छैन । यस्तोमा ज्ञानी र विद्वान वर्गले आस्थिक मान्छेहरुलाई हिन्दु राज्य र राजा वा अन्य विभिन्न वहाना बनाएर धार्मिक विवाद बढाउनु उपयुक्त देखिँदैन । र सामान्य नागरिक,पाठक र दर्शकहरु पनि यस्ता खाले जुनसुकै अतिवादीहरुलाई  वेवास्ता गर्दै आवश्यक कुराहरु मात्रै सुन्न र प्रसार गर्नमा ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend